Comments Add Comment

दुई वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज

२३ माघ, काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले नविकरण नगर्ने दुई वटा इन्टर सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज गरेको छ ।

खारेजीमा पर्नेमा आइटेल कम्युनिकेशन प्रालि जावलाखेल, ललितपुर र सेभेन स्टार नेट प्रालि पोखरा महानगरपालिका-३२ तल्लो गगनगौडा रहेका छन् ।

लाइसेन्स नवीकरणका लागि नियमानुसार निवेदन पेश नगरेकोले खारेज गरिएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) अनुसार समयमा नविकरण नगरे स्वतः खारेज हुने व्यवस्था छ ।  आइटेलले २०६५ साल पुस २१ गते र सेभेन स्टारले २०७० पुस २३ गते प्राधिकरणले इन्टर सेवा सञ्चालनका लागि लाइसेन्स लिएका थिए ।

तर, यी दुवै कम्पनीले तोकिएको समयमा नवीकरण नगरेकाले खारेज गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले आइटेलको गत पुसल २१ गते र सेभेन स्टारको पुस २३ गते लाइसेन्स खारेज गरेको हो ।

साथै दुई कम्पनीलाई गत आर्थिक वर्ष ०७४/७५ को नियमअनुसार बुझाउनु पर्ने वित्तिय विवरण र बुझाउनुपर्ने रोयल्टी तथा ग्रामिण दूरसञ्चार विकास कोष वापतको रकम बुझाउनु हुन समेत प्राधिकरणले भनेको छ ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार आइटेलले १९ लाख रुपैंयाँ बक्यौता तिर्न बाँकी छ । ग्रामिण दुरसञ्चार कोषमा यो कम्पनीको १५ लाख बक्यौता छ ।

सेभेन स्टारले गत वर्षसम्मको बाँकी बक्यौता बुझाइसकेको छ । तर, तोकिएको समयमा नवीकरण नगर्दा लाइसेन्स खारेज गरिएको अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment