Comments Add Comment

‘ब्लकबस्टर’ अनमोल, ‘चतुर’ दीपकराजः स्वस्तिमा

फागूणको ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बुलबुल’को मुख्य जोडीको रुपमा नायिका स्वस्तिमा खड्का र कलाकार मुकुन भुषालले अभिनय गरेका छन् । यो चलचित्रको कथावस्तुले अहिले दर्शकको ध्यान तानिरहेको छ । अनलाइनखबरको ‘ओके र्यापिड फायर राउन्ड’मा कुराकानी गर्ने क्रममा नायिका स्वस्तिमा खड्काले आफ्ना केही कुराहरु खुलाएकी छिन् ।

स्वस्तिमाले ‘ब्लकबस्टर’ भन्ने शब्द सुन्ने वित्तिकै आफूलाई नायक अनमोल केसीको याद आउने बताइन् । यता, उनलाई ‘चतुर’ भन्ने वित्तिकै दीपकराज गिरीको याद आउने उनको भनाई थियो । उनले नायिकाद्धय बर्षा राउत र प्रियंका कार्कीमध्ये बर्षा राउतलाई रोजेकी छिन् । पानी पुरी वा मःम मध्ये पानी पुरीलाई रोजेकी छिन् ।

कलाकार मुकुन भुषाललाई भने ‘ब्लकबस्टर’ भन्ने वित्तिकै राजेश हमालको याद आउने बताए । नायिका स्वस्तिमा खड्काले आफूलाई ‘सेक्सी र ह्यान्डसम’ आफ्नै श्रीमान् निश्चल बस्नेत लाग्ने पनि बताइन् । स्वस्तिमाले आफूमा स्टारडम नबढेको पनि स्पष्ट पारेको बताइन् । उनले, आफूले चलचित्रमा काम गर्नु अगाडि श्रीमान् निश्चल बस्नेतको अनुमती लिने गरेको भन्ने हल्लालाई पनि सत्य नभएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment