Comments Add Comment

साराअलीले गर्न मानिन् ‘बागी ३’

चलचित्र ‘बागी ३’का लागि नायक टाइगर श्राफ अहिले कम्मर कसिरहेका छन् । उनी, यो चलचित्रबाट फेरि पनि दर्शकको मन जित्ने दाउमा छन् । तर, यो चलचित्रका लागि नायिका पाउन मुश्किल नै देखिएको छ । चलचित्रका लागि अहिलेकी हटकेक साराली खानलाई अफर गरिएको थियो । तर, साराले यो चलचित्रमा काम गर्न अस्विकार गरेको भारतीय मिडियामा उल्लेख छ ।

चलचित्र ‘केदारनाथ र सिम्बा’ हिट भएपछि साराको डिमाण्ड अहिले चलचित्र क्षेत्रमा खुबै बढेको छ । तर, चलचित्र ‘सिम्बा’मा नायिका साराको भूमिका जम्मा १५ मिनेटको थियो । यसैले पनि साराले चलचित्र सफलताको क्रेडिट खासै पाउन सकिनन् ।

यसैले पनि सारा अब चलचित्रमा आफ्नो दमदार भूमिका खोजिरहेकी छिन् । उनी, नायक टाइगर श्राफको अगाडि कमजोर बन्न चाहन्न् । यहीकारणले नै उनले ‘बागी ३’ जस्तो चलचित्रमा काम गर्न नमानेकी हुन् । सारालाई पनि थाहा छ कि, चलचित्रमा टाइगर नै हाबी हुनेछन् ।

साराले अहिले लीड भूमिका खोजिरहेकी छिन्, जसबाट उनको अभिनयको पनि दर्शकले खुलेरै प्रशंसा गरुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment