Comments Add Comment

के विवाह गर्नैपर्छ ? विवाह नगर्दा के हुन्छ ?

‘अहो, बिहे गर्ने बेला भएन र ?’ उमेर चढ्दै गएपछि अक्सर युवायुवतीले झेल्ने प्रश्न हो यो । यसको स्पष्ट आशय के बुझिन्छ भने, निश्चित उमेर भएपछि विवाह गर्नैपर्छ ।

विवाह एक सामाजिक परम्परा हो । त्यसैले विवाहले सामाजिक मूल्य र मान्यता राख्छ । हामीकहाँ के सोचाई छ भने, जिन्दगी चलाउन विवाह गर्नुपर्छ । विवाहपछि जब एक पुरुष र महिला एकाकार हुन्छन्, उनीहरु दाम्पत्य जीवनमा प्रवेश गर्छन् । दाम्पत्य जीवनपछि नै कुनै पुरुष र महिला खुला रुपमा एकाकार हुन पाउने मान्यता छ । उनीहरुले आफ्नै घरबार सुरु गर्छन् । बालबच्चा जन्माउँछन् । एक हिसाबले यो सृष्टिको निरन्तरता पनि हो ।

हरेकजसो समुदायको आ-आफ्नै विवाह संस्कार छ ।

अर्कोतिर हामी व्रम्हाचार्यको पनि कुरा गर्छौं । यो भनेको विवाह तथा कुनैपनि किसिमको मैथुन क्रियाबाट पूर्णत अलग गरेर रहने जीवनशैली हो । त्यसैले विवाह गर्नैपर्छ भन्ने धारणमाथि प्रश्न उठाउने ठाउँ छ ।

विवाह नगर्दा के हुन्छ ? यो प्रश्न पनि अस्वभाविक छैन । विवाह गर्नु र नगर्नु कुनैपनि व्यक्तिको नितान्त व्यक्तिगत रोजाई हुन् । उनको जन्मजात अधिकार हो । त्यसैले विवाहको सन्दर्भमा समाजभित्र अनेक मतभेत देखिन्छ ।

विवाहको अर्थ

विवाह प्रतिको हाम्रो धारणा फरक हुनुमा हाम्रो धर्म,संस्कृति तथा लालनपालनले पनि महत्वपूर्ण भूमिका खेल्ने गर्छ ।

त्यसैले, त विवाह सम्बन्धी हाम्रो धारणामा पहिले र अहिलेमा आकास-जमिन बीचको फरक छ । यद्यपी, धेरै व्यक्तिहरु अहिले पनि विवाहलाई कानुनी, सामाजिक र धार्मिक मान्यतासित जोडेर हेर्छन् ।

उनीहरु सोच्छन्, धार्मिक मान्यता अनुसार दुई व्यक्ति एउटा बन्धनमा बाधिनु नै विवाह हो । जसमा दुई व्यक्ति शारीरीक , मानसिक तथा भावनात्मक रुपले एक अर्काप्रति समाहित हुने गर्छन् । उनीह बीच एक आपसमा सहमति हुने गर्छ । जसले उनीहरुलाई जीवनभर एकअर्काप्रति समर्पित भएर बाच्न सहयोग पुर्‍याउँछ ।

विवाहको मतलव ‘सहमति’ ?

जब दुई व्यक्ति जीवनभर एकसाथ हिड्ने फैसला गर्छन्, तब उनीहरुबीच आपसी सहमति कायम हुने गर्छ । पूरानो समयमा यो सहमति मागी विवाह अन्तर्गत आमाबाबुले गर्थे । तर, अहिलेका पुस्ता विवाह आफै तय गर्छन् र सम्पूर्ण जिन्दगी साथमा रहने निर्णय गर्छन् । यसका लागि उनीहरु आपसमा सहमति कायम गर्दछन् ।

विवाहले स्वार्थ टाढा राख्छ ?

विवाह भनेको दुई आत्माको मेल मात्र नभएर दुई परिवारको पनि मेल हो । त्यसैले विवाह पश्चात्त श्रीमान र श्रीमतिले गर्ने प्रत्येक निर्णयमा परिवारको पनि उत्तिकै महत्व हुन्छ । त्यस्ता, निर्णयमा परिवारको हितलाई सबैभन्दा माथि राखिने गरिन्छ ।

परिवार, इष्टमित्रलाई ध्यानमा राखेर निर्णय गर्नुपर्ने हुन्छ । त्यसैले, विवाह पश्चात्त श्रीमान र श्रीमतिबीच ‘तेरो र मेरो’ भन्ने कुराले कुनै अर्थ राख्दैन । यसमा जतिसक्दो सर्मपणको भावना आवश्यक छ । यसको लागि श्रीमान र श्रीमति दुवैमा सन्तुलन कायम हुन जरुरी छ ।

विवाहको मतलव हो ‘एक हुनु’

जब कुनै जोडी विवाह बन्धनमा बाधिन्छन्, तब उनीहरु बीच शारीरीक सम्बन्ध कायम हुन जरुरी छ । यसले सम्बन्धमा सुधार ल्याउनुका साथै सम्बन्धिलाई प्रगाढ बनाउन मद्दत गर्छ । साथै, उनीहरुबीच भावनात्मक र मानसिक सम्बन्ध कायम गर्न मद्दत गर्छ ।

यसको लागि नव विवाहित दम्पत्तिले एक आपसमा धेरै भन्दा धेरै समय व्यतित गर्न जरुरी छ । एक आपसलाई राम्ररी बुझ्न जरुरी छ । यसले एक आपसमा नजिक हुन मद्दत गर्छ ।

‘नयाँ जीवन दिन्छ’

विवाह पश्चात्त प्रत्येक दम्पत्तिको जीवनमा शिशुको आगमन हुन्छ । एक नव दम्पत्तिको जीवनमा यो भन्दा खुशीको क्षण अरु के होला ? जो दम्पत्ति एक भएर शिशुको राम्रो पालन पोषण गर्छन्, उनीहरुको बच्चा भविष्यमा एक परिपक्व नागरिक भएर समाजमा अमुल्य योगदान पुर्‍याउँछन् । यद्यपी, यो जिम्मेवरी वहन गर्न त्यति सजिलो छैन । किनकी शिशुको लालनपालन गर्ने क्रममा उनीहरुले जीवनमा कयौ चुनौतीको सामना गर्नु पर्दछ । कयौ पटक प्राथमिकता बदलिने गर्छ । तथापी, जिवनमा शिशुको जतिसुकै महत्व भएपनि पहिले आउने भनेको श्रीमान नै हो । जबसम्म तपाईको जीवनमा श्रीमानको महत्व सर्वपरी रहन्छ, तबसम्म तपाईको दापत्य जीवन राम्रोसित चल्छ ।

विवाहको मतलव ‘बदलाव’ पनि हो ?

बदलाव जीवनको अभिन्न अंग हो । जीवनका हरेक क्षणमा बदलाव आउने गर्छ । यही बदलावकै कारण जीवन रंगिन हुने गर्छ । त्यसैले, विवाह पश्चात्त हुने प्रत्येक बदलावबाट आनन्द लिन सक्नु पर्छ । किनकी जीवनमा हुने यस्ता बदलावकै कारण हामीले जीवनमा धेरै कुरा सिक्छौ भने उक्त पाठबाट सिकेरै धेरै कुरा सिकाउन सक्छौ । र,  विभिन्न परिस्थितिको सामना गर्न सक्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment