Comments Add Comment

हङकङमा जुनमा ‘एभरेष्ट इन्टरनेशनल फिल्म अवार्ड’ हुने

हङकङमा सन् २०१९ को जुनमा नेपाली फिल्मको अवार्ड हुने भएको छ । एभरेष्ट इन्टरटेन्मेन्ट प्राइभेट लिमिटेडको आयोजनामा हुन लागेको ‘एभेरेष्ट इन्टरनेशनल फिल्म अवार्ड २०१९’ मा २० विधामा पपुलर अवार्ड प्रदान गरिनेछ । १७ विधामा चलचित्र र ३ विधामा विभिन्न भाषामा बनेका चलचित्रले यो अवार्डमा पपुलर अवार्ड प्राप्त गर्नेछन् । सन् २०१८ मा रिलिज भएका चलचित्रले अवार्डमा सहभागीता जनाउन पाउनेछन् । अवार्डमा सहभागी हुनका लागि कुनै पनि शुल्क नलाग्ने आयोजकले बताएको छ । यस्तै, अवार्डमा एक चलचित्रकर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिनेछ ।

तिन हजार पाच सय दर्शक क्षमता भएको हङकङको वानचाई स्थित ‘क्विन एलिजावेथ स्टेडियम हल’मा यो अवार्ड आयोजना हुनेछ । आउँदो मार्चमा नोमिनेशन सर्वाजनिक गर्दै अवार्ड हुने मिति पनि सार्वजनिक गरिने आयोजकले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । पपुलर अवार्ड भएकाले यसको अन्तिम निर्णय लोकप्रियताको आधारमा निर्णायकले गर्नेछन् । कलाकार सुनिल थापा निर्णायकको संयोजकमा रहेका छन् ।

अवार्डको लागि हङकङ आयोजक टिमको रुपमा स्थानीय वकिल तथा व्यापार िगौरव बम ठकुरी, मिस नेपाल हङकङ सोसाइटी र बडीबिल्डिङ एसोसिएसन हङकङका अध्यक्ष लोकराज लिम्बु, मिस नेपाल हङकङ सोसाइटीकि उपाध्यक्ष लिलेश्वरी खड्का, योगा ट्रेनर तथा बिजनेसम्यान सञ्जु भट्ट , मिस नेपाल हङकङ सोसाइटीकि संयोजक शान्ति नेपाली, मिस नेपाल हङकङ सोसाइटी सेक्रेटरी मनिष लिम्बु, लक्ष्मी चन्द , सुयोग शाक्य , रेवती खड्का , रोशनी श्रेष्ठ , रेविका राइ , विष्णु पुन र राकेश लिम्बु छन् ।

यो टिम अन्तर्गतको एभरेष्ट इन्टरटेनमेन्टले हङकङको सम्पूर्ण व्यवस्था हेर्नेछ भने नेपालमा संगीक्षा फिल्मस् प्रालिको तर्फबाट अध्यक्ष मनोज केसीले कार्यक्रम संयोजन गर्नेछन् । नेपालमा ६० जना कलाकार, प्राविधिक र पत्रकारको टिम हङकङ पुग्नेछन् । अवार्डलाई व्यवस्थित र भव्य बनाउन कुनै पनि कसर बाँकी नराख्ने आयोजकले बताएको छ । यो अवार्डमा काठमाण्डौको मिनभवनमा रहेको एभरेष्ट फिल्म एकेडेमी पनि जोडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment