Comments Add Comment

कोरियन फिल्म ‘भेट्रान’को रिमेकमा सलमान

नायक सलमान खानले साउथका मात्र होइन कोरियाका चलचित्रको रिमेकमा पनि काम गर्दै आएका छन् । उनले रिमेक चलचित्रमा काम गरेको आरोप लागेतापनि उनले यो क्रम भने छाडेका छैनन् । अब, नायक सलमान खान दक्षिण कोरियाको सफल चलचित्र ‘भेट्रान’को बलिउड रिमेकमा काम गर्न लागेका छन् ।

‘रिल लाइफ प्रोडक्सन’ले यो चलचित्रको बलिउड अधिकार खरिद गरेको छ । यो चलचित्रको रिमेकमा बलिउड स्टार सलमान खानले अभिनय गर्ने भएका छन् । अहिले ‘भारत’को सुटिङमा व्यस्त उनले भारतपछि यो चलचित्रमा अभिनय गर्नेछन् । निर्माण युनिट र सलमान बिच सम्झौता भइसके पनि औपचारिक घोषणा हुन भने बाँकी छ ।

कोरियन चलचित्र नगरीमा ‘भेट्रान’ सर्वाधिक व्यापार गर्ने चलचित्रको चौथो स्थानमा पर्छ । यस चलचित्रमा ह्याङ जुङ मिनको मुख्य भूमिका थियो । अपराधको विषयमा निर्माण भएको यो चलचित्रमा ह्याङ जुङ एक प्रहरीको भूमिकामा प्रस्तुत थिए ।

बलिउड भर्जनमा निर्माण हुदाँ सलमानले उक्त भूमिका निर्वाह गर्नेछन् । ‘दबंग’मा प्रहरी ‘चुलबुल पाण्डे’को भूमिका निर्वाह गरेका सलमानले पुनः प्रहरी अवतारमा आफूलाई प्रस्तुत गर्न लागेका छन् । चलचित्रका लागि सलमान मात्र पक्का भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment