Comments Add Comment

पल्सर राईड मेनिया : पोखराका राईडर पुगे घान्द्रुकसम्म

२४ माघ, काठमाडाैं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक एचएच बजाजले बाइक राईडिङ्ग इभेन्ट ‘पल्सर राईड मेनिया’ प्रस्तुत गरेको छ ।

बजाजले माघ २३ गते उक्त र्‍याली आयोजना गरेको थियो । पल्सर राईड मेनियामा पोखराका पल्सर राईडरहरुले सहभागीता जनाएका थिए । उक्त राईड मेनिया पोखराबाट शुरु भएर घान्द्रुकमा पुगेर समापन भएको थियो ।

पल्सर राईड मेनियाले १५ जना राईडरका लागि राईड र खुसीको अनुभव गर्ने अवसर प्रदान गरेको छ ।

एचएच बजाजले पल्सर राईड मेनिया प्रत्येक महिना सञ्चालन गर्ने भएको छ । प्रत्येक महिना राईड मेनिया पोखराबाट शुरु भएर नयाँ-नयाँ गन्तब्यमा राईडर्सलाई लैजाने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment