Comments Add Comment

आइतबारदेखि पर्थमा क्रीकेट टी-२० प्रतियोगिता हुँदै

Photo Credit : NIK The Designer

भर्खरै सम्पन्न हार्मोनी कपबाट उत्साहित बनेका पर्थका खेलप्रेमी नेपालीहरुलाई यसै हप्ताबाट सुरु हुन लागेको ‘डब्लु एनसीसी टी-२० ब्लास्ट’ टुर्नामेन्टले थप उत्साहित बनाएको छ।

वेष्टर्न नेप्लिज क्रीकेट क्लबले पर्थमा दोश्रो पटक आयोजना गर्न लागेको उक्त प्रतियोगिता आउदो आइतबार १० फेब्रुअरीका दिन सुरु हुँदैछ। उक्त टी-२० प्रतियोगिता क्यानिङ्टनस्थित कोकर पार्कमा हरेक आइतबार बिहान ७ बजेदेखि एक महिनाका लागि सन्चालन हुनेछ ।

पश्चिम अष्ट्रेलियामा बढ्दो नेपालीहरुको क्रीकेट खेलप्रतीको मोह र रुचिलाई प्रोत्साहान गर्न क्लबले गत वर्षबाट पर्थमा क्रिकेट टी-२० प्रतियोगिता आयोजना थालेको हो ।

टी-२० प्रतियोगितामा पर्थका ५ क्रीकेट क्लबहरु वेष्टर्न नेप्लिज, नेपाली वारीयर्स, बेल्मोन्ट नेप्लिज, रोयल असनेपाल र पर्थ नट्सक्रीकेट क्लबले सहभागिता जनाउँदै छन्। प्रतियोगितामा पर्थ नट्स क्रिकेट क्लबले भने पहिलो पटक सहभागी हुन लागेको हो ।

पश्चिम अष्ट्रेलियामा आयोजना हुने गरेका यस्ताखाले प्रतियोगिताहरुले नेपाली क्लब र खेलाडीहरुको सीप र क्षमता अभिवृदिमा धेरै सहयोग मिलेको खेलाडीले बताउने गरेका छन् ।

प्रतियोगितामा सहभागी हुन लागेका युवा प्रतिभावान नेपाली खेलाडीहरुलाई साथ र हौसला प्रदान गरी दिन आयोजक वेष्टर्न नेप्लिजक्रीकेट क्लबले सम्पूर्ण पर्थवासी नेपाली सामुदायलाई आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment