Comments Add Comment

झरीमा रुझ्दै ड्यूटी (फोटो फिचर)

२४ माघ, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पश्चिम भेगमा बिहीबार विहानदेखि वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाका अनुसार, पश्चिम वायुले ल्याएको न्यून चापीय प्रणालीको असरले अहिले काठमाडौं उपत्यकासहित पश्चिम क्षेत्रमा वर्षा भइरहेको छ ।

पानी पर्ने र रोकिने क्रम चलिरहे पनि यो प्रणालीको असरले पश्चिम क्षेत्रमा शुक्रबारसम्म पानी पर्ने महाशाखाको अनुमान छ । वर्षाले काठमाडौ  उपत्यकाको जनजीवन प्रभावित भएको छ । काम विशेषले बाहिर हिँड्नुपर्नेहरु वर्षाका कारण समस्यामा परेका छन् । तर वर्षामा पनि काम गर्नुपर्ने बाध्यता हुनेहरु पनि छन् । बिहीबार ट्राफिक प्रहरी, सडक विभागका कर्मचारी र फुटपाथमा ब्यापार गर्नेहरु पानी परिरहेको समयमा पनि काम गर्दै थिए ।

हेर्नुस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment