Comments Add Comment

महानगरपालिका घेर्न गएका नेविसंघका ७ विद्यार्थी पक्राउ

२४ माघ, पोखरा । पोखरा महानगरपालिका घेराउ गर्न पुगेका नेपाल विद्यार्थी संघका ७ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेर छोडेको छ ।

यसअघि गाडी जलाएको आरोप पक्राउ परी हिरासतमा रहेका विद्यार्थी रिहाइको माग गर्दै पोखरा महानगर पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

विद्यार्थीले महानगरपालिका शिक्षा महाशाखाको काममा बाधा पुर्‍याएको आरोपमा ७ विद्यार्थीलाई पक्राउ गरी कार्यालय समयपछि छोडिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा नेपाली कांग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डे, नेविसंघका केन्द्रीय सदस्य भानु ढकाल, शंकर घिमिरे, संस्कृत क्याम्पस (बगर) सभापति कमल पौडेल, नेविसंघ नेताहरु प्रकाश भट्टराई, सागर अधिकारी, उमा ठकुरी  रहेका छन् ।

सार्वजनिक बिदाका दिन गाडी चलाइएको भन्दै माघ १९ गते शिक्षा शाखाको गाडी विद्यार्थीले जलाएका थिए ।

गाडी जलाएलगत्तै पक्राउ परेका ५ विद्यार्थीमध्ये २ विद्यार्थी रिहा भइसकेका छन् । परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेलविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । तिनै विद्यार्थीको रिहाइको माग गर्दै विद्यार्थीले विभिन्न आन्दोलन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment