Comments Add Comment

जगत टमाटा सम्मानित

२४ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटालाई कैलालीको टीकापुर नगरपालिकाले नगदसहित सम्मान गरेको छ ।

टीकापुर नगरपालिकाले प्रशिक्षक टमाटालाई आज (बिहीबार) ५१ हजार नगदसहित सम्मान गरेको हो । टमाटालाई मेयर तपेन्द्रबहादुर रावल र सुदूरपश्चिम प्रदेशका कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले सम्मानसहित नगद हस्तान्तरण गरेका हुन् ।

नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका टमाटाले केही दिनअघि मात्रै सम्पन्न यूएईविरुद्धको दुबै सिरिज जिताउन उतिकै योगदान दिएका थिए । नेपालले यूएईविरुद्ध एकदिवसीय सिरिजमा २-१ ले र टी-२० क्रिकेट सिरिजमा पनि २-१ ले नै सिरिज जितेको थियो ।

मुख्य प्रशिक्षक टमाटा टीकापुरकै बासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment