Comments Add Comment

बीबीसीको पत्रकार टोली युगान्डामा पक्राउ

Photo Credit : Peter Macdiarmid/Getty Images

२५ माघ, काठमाडौं । बीबीसीका पत्रकारहरुको एक टोली युगान्डामा पक्राउ परेको छ । सरकारी औषधिको गैरकानुनी बिक्रीको सम्बन्धमा अनुसन्धानात्मक रिपोर्टिङमा खटिएको टोली युगान्डाको राजधानी कम्पालाबाट पक्राउ परेको हो ।

प्रहरीले बुधबार राति उनीहरुलाई पक्रेको बीबीसीले लेखेको छ । यद्यपि युगान्डा सरकारका प्रवक्ताले उनीहरुलाई तत्काल रिहा गर्न अपिल गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

ति प्रवक्ताले रोयटर्ससँग भनेका छन्, ‘प्रहरीले किन पक्राउ गर्‍यो भन्ने कुरा मलाई अझैसम्म थाहा छैन । मेरो विचारमा यी पत्रकारहरुले प्रशासनको गडबडी उजागर गरेर सरकारकै मद्दत गर्दै थिए ।’

बीबीसीले सम्बन्धित अधिकारीहरुसँग आफ्ना प्रतिनिधिको सम्पर्क रहेको र अवस्था सामान्य बनाउने कोशिस जारी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment