Comments Add Comment

फेरि बढ्न थाल्यो सुनको भाउ

Photo Credit : फाइल फाेटाे

२४ माघ, काठमाडौं । बुधबारदेखि घट्न थालेको सुनको भाउ शुक्रबार फेरि उकालो लागेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ एक सय रुपैयाँ बढेर प्रतितोला ६२ हजार १ सयमा कारोबार भइरहेको छ ।

मंगलबार सुनको भाउ पछिल्लो ६ वर्षयताकै उच्च विन्दुमा पुगेको थियो । त्यसदिन प्रतितोला ६२ हजार ६ रुपैयाँमा कारोबार भएको सुन बुधबार दुई सय रुपैयाँ घटेको थियो ।

बिहीबार एकैचोटी तोलामा ४ रुपैयाँ घटेर ६२ हजारमा कारोबार भयो । तर, शुक्रबारदेखि सुनको मूल्य फेरि उकालो लाग्न थालेको छ । विस २०६९ भदौ १२ गते सुन प्रतिताेला ६३ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । यो रेकर्ड हालसम्म ‘ब्रेक’ भएको छैन ।

पुस महिनाभरी ५८ देखि ६० हजारको बीचमा रहेको सुनको भाउ माघ लागेसँगै बढेर साढे ६२ हजार आसपासमा कारोबार भइरहेको छ । अमेरिकी डलरको कारोबार घटबढ हुँदा सुनको मूल्यमा समेत असर पर्ने व्यवसायीहरु बताउँछन् ।

डलरको तुलनामा भारतीय मुद्रा कमजोर हुनु तथा अमेरिका र चीनबीच व्यापारिक तनावको स्थिति साम्य नहुनु पनि यसका कारक हुन् ।  तेजाबी सुनको भाउ पनि शुक्रबार एक सय रुपैयाँ बढेर ६१ हजार ८ सय रुपैयाँ प्रतितोलामा बिक्री भइरहेको छ ।

चाँदीको मूल्य भने स्थिर छ । शुक्रबार चाँदी प्रतितोला ७७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार ७८५ रुपैयाँ पुगेको चाँदीको भाउ त्यसयता १० रुपैयाँ घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment