Comments Add Comment

प्रेमीसँग दिल्ली पुगिन् साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेम जीवन अहिले हावामा चंगा उडे जसरी उडिरहेको छ । साम्राज्ञी देवांशु जंग बहादुर राणाको प्रेममा छिन् । उनीहरु केही समयदेखि प्रेममा छन् । साम्राज्ञी यसपटक प्रेमलाई सार्वजनिक गर्न कुनै पनि कोणबाट लजाइनन् ।

मयंक खड्कासँग प्रेममा रहँदा गोप्य नै राख्न खोजेकी साम्राज्ञीले देवांशुसँगको प्रेमलाई भने सार्वजनिक कार्यक्रममा पनि खुलाइन् । यसैले पनि उनी देवांशुसँगको प्रेममा कती गम्भिर छिन् भन्ने वुझ्न सकिन्छ । उनै, साम्राज्ञी अहिले दिल्ली पुगेकी छिन् । चलचित्र ‘मारुनी’को छायांकन विशेष कारणले केही दिन पछाडि सरेपछि साम्राज्ञीले समय पाएकी छिन् ।

यसैले उनी प्रेमीको साथमा दिल्ली पुगेकी हुन् । चलचित्र बजारमा प्रेममा परेपछि साम्राज्ञी काममा भन्दा प्रेममा बढी गम्भिर बनेको चर्चा पनि हुन थालेको छ । तर, साम्राज्ञी भने प्रेमको यात्रामा दौडिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment