Comments Add Comment

जब दाइजोमा दिइयो मुटु, मृगौला र आँखा !

बिहेमा विभिन्न खालका सामानहरु दाइजो तथा उपहारको रुपमा दिने चलन त नौलो होइन । दैनिक प्रयोगका सामानहरु देखि गरगहना र सजावटका सामानहरु समेत दाइजो र उपहारको रुपमा दिइन्छ । तर जब बेहुला बेहुलीलाई बिहेमा मानिसको मुटु, मृगौला र आँखा दिइन्छ, तब के होला हालत ?

हालै भारतमा एक दम्पत्तिको बिहेका क्रममा उपहारको रुपमा मानव अंगहरु दिइयो । राजस्थानको कोटा सम्भाग क्षेत्रका टिंकु ओझा नामक युवकको बिहेका क्रममा आगन्तुकहरुले उपहारको रुपमा आफ्ना अङ्गदान गरे ।

अनौठो त के भने विवाहको लागि निम्ता गरिएका निमन्त्रणा कार्डमै बेहुला बेहुलीका लागि उपहारको रुपमा अरु चिज नल्याउन र उपहार दिने भए आफ्ना अङ्गदान गर्न भनिएको थियो ।

यस्तो निमन्त्रण कार्ड देखेपछि धेरै आफन्तहरु त बिहेको निम्तो मान्नै आएनन् । तर जति आए त्यसमध्ये धेरैले आफ्नो अङ्गदान गर्ने कबुलियतनामा पत्र उपहारको रुपमा बेहुला बेहुलीलाई प्रदान गरे ।

बेहुला ओझा स्थानीय एउटा संस्थामा काम गर्दछन् । शाइन इण्डिया फाउन्डेसन नामक उक्त संस्थाले अङ्गदान तथा सरीरदान सम्बन्धमा जागरुकता फैलाउने तथा अभियान चलाउने काम गर्दछ । मानिसहरु अंगदान गर्नुपर्ने भनेपछि डराएर बिहेमै नआउलान् भन्ने सम्भावना भएपछि उक्त संस्थाका केही स्वयंसेवकहरु बिहेको अघिल्लो दिन गाउँभरी घुमेर अंगदानको बारेमा जनचेतना फैलाएका थिए ।

उक्त बिहेमा आएका पाहुना मध्ये ३५ भन्दा धेरै मानिसले आफ्नो मृत्युपछि आफ्ना विभिन्न अंगदानको घोषणा गरे । त्यस्तै ११० जनाले नेत्रदान गर्ने र ३ जनाले मृत्युपछि सरीर दान गर्ने कबुलियतनामा उपहारको रुपमा बुझाए ।

रोचक त के भने बेहुला टिंकु र बेहुली तृप्तिले सबैभन्दा पहिले बिहे समारोहमा आफ्नो अंगदान गर्ने संकल्प पत्रमा हस्ताक्षर गरेका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment