Comments Add Comment

घर किन्दा पैसा तिर्नु नपर्ने, उल्टै पुरस्कार पाइने !

हामी कहाँ सहरी तथा सहरोन्मुख क्षेत्रमा घरजग्गाको मूल्य चुलिएको छ । सानो तिनो रकमले जग्गा किन्न गाह्रो छ । तर, इटालीको एउटा सहरमा चाहीँ घरजग्गा किन्दा पैसा तिर्नुपर्दैन । उल्टै सरकारले नै पुरस्कार स्वरुप पैसा दिन्छ ।

इटालीको केन्डेला सहरका मेयरले यस्तो अफरको घोषणा गरेका हुन् । उक्त सहरमा बस्नका लागि घर खरीद गर्ने जो कोहीलाई सरकारले सित्तैमा घर उपलब्ध गराउने मात्र होइन, उल्टै २ हजार युरो पुरस्कार दिनेछ ।

यस्तो अफर केवल इटालियनका लागि मात्र होइन विदेशीहरुले समेत त्यहाँ घर किन्न पाउनेछन् । खासगरी युवा दम्पत्तिहरुलाई त्यो अफर लक्षित गरिएको छ ।

जागिर र राम्रो जिवनको खोजीमा बसाइ सराइ गर्दै सहरबासीहरु बाहिर जाने क्रम बढेर सहर रित्तिन थालेपछि स्थानीय सरकारले यस्तो गज्जबको अफर ल्याएको हो । गाउँमा अहिले केवल बुढापाकाहरु मात्र रहेका र उनीहरुको पनि मृत्यु हुँदै गाउँ नै खाली हुने अवस्था आएको छ ।

सिएनएनको रिपोर्ट अनुसार त्यो सहर एउटा सुन्दर गाउँको रुपमा रहेको छ । त्यहाँ परम्परागत शैलीका घरहरु रहेका छन् । हरियाली प्रसस्तै छ । लामा र चौडा खेतहरु पनि छन् । सन् १९९० को दशकसम्म त्यहाँको जनसंख्या ८ हजार थियो । अहिले त्यो घटेर २७ सयमा झरेको छ ।

यो परिस्थितिबाट चिन्तित मेयर निकोला गट्टा गाउँमा युवा परिवारहरु आएर घरजम गरुन् र जनसंख्या मौलाओस् भन्ने चाहन्छन् ।

सित्तैमा पुरस्कार सहित घर किनेर त्यहाँ आएर बस्ने व्यक्तिले सहरमै व्यवसाय तथा रोजगारी दिनुपर्नेछ । व्यवसायका लागि सरकारले पनि सहयोग गर्नेछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment