Comments Add Comment

स्वस्तिमाको खुलासाः न्यूड सिनमा होइन, अन्तरंग दृश्य खिच्दा झगडा पर्यो’(भिडियो)

चलचित्र ‘बुलबुल’ फागूणको ३ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको २ वटा टिजरले दर्शकलाई हसाँयो । यस्तै, यही चलचित्रको ट्रेलर सार्वजनिक भएपछि कमेडीसँगै डार्क कथा पनि चलचित्रमा रहेछ भन्ने दर्शकले वुझेका छन् ।
चलचित्रको ट्रेलरको केही दृश्यमा नायिका स्वस्तिमा खड्कालाई न्यूड देखाइएको छ । स्वस्तिमा भन्छिन्–‘न्यूड दृश्य खिच्न मलाई गाह्रो भएन । किनकी, त्यो समयमा मलाई गाह्रो हुन्छ भनेर निर्देशक र छायांकारमात्र सेटमा हुनुहुन्थ्यो । फेरि, चलचित्रमा न्यूड देखिएतापनि म न्यूड भएकी थिइनँ ।’

स्वस्तिमाले खुलाइन्–‘म अरु चलचित्रमा न्यूड दृश्य दिन सक्दैनथ्यँ । यो चलचित्रमा काम गर्न सहज भयो ।’स्वस्तिमा र चलचित्रका निर्देशक विनोद पौडेलविच एउटा दृश्य खिच्ने बेलामा बहस भने भएको रहेछ । स्वस्तिमाले भनिन्–‘चलचित्रका कलाकार मुकुन भुषाल र मविच एउटा अन्तरंग दृश्य खिच्ने समयमा हाम्रो विवाद भएको हो । मैले रणकला क्यारेक्टरलाई कसरी वुझे, निर्देशक विनोदजीले अर्को तरिकाले वुझ्नुभयो । यही भएर यो बिषयमा विवाद भएको हो ।’

चलचित्र विकास बोर्डले नायिका स्वस्तिमाले चलचित्रमा बोलेका केही संवादमा आपत्ती जनाएर त्यसलाई म्यूट गर्न निर्देशन दिएको छ । यो बिषयमा स्वस्तिमा भन्छिन्–‘चलचित्रमा रणकला र धिमा नामका दुई पात्र छन् । हामीले यी पात्र कसरी बोल्छन् भनेर अनुसन्धान गर्यौ । हामीले टेम्पो चलाउने केही दिदीहरुलाई यी शब्दको बिषयमा सोधेका थियौं । कसैले बोल्ने र कसैले नबोल्ने बताउनुभयो । यसैले त्यो संवाद म र मेरो सहकर्मी लक्ष्मीले नै राखेका हौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment