Comments Add Comment

सामान्य प्रशासन मन्त्री पण्डित युएई आउँदै

युएई । दुबईमा आइतबारबाट सुरु हुने सातौँ विश्व सरकार शिखर सम्मेलनमा सहभागी हुन सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित युएई आउने भएका छन् ।

विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा हुन लागेको सम्मेलनमा नेपालको तर्फबाट मन्त्री पण्डितले सहभागिता जनाउने नेपाली दूतावास अबुधाबीले जनाएको छ ।

१० सदस्यीय नेपाली प्रतिनिधि टोलीसहित मन्त्री पण्डित शुक्रबार युएई आउने कार्यक्रम छ ।

शनिबार नेपाली दूतावासमा अबुधाबीमा कार्यरत नेपाली समुदायसँग भेटघाट गर्ने र आइतबार कार्यक्रममा सहभागी हुने दूतावासले जनाएको छ ।

युएईको खुशी मन्त्रालयको प्रमुख आयोजनामा हरेक वर्ष १ सय ५० देशका प्रतिनिधिको सहभागितामा शिखर सम्मेलन हुँदै आएको छ ।

सम्मेलनमा श्रमबजार, शिक्षा स्वास्थ्य, राजनीतिसँग सरकार तथा समुदायको सम्बन्धका बिषयमा सामुहिक छलफल हुनेछ ।

यस्तै प्रविधिको प्रयोग र सरकारी कार्यालयलाई कसरी चुस्तदुरुस्त राख्ने भन्ने विषयमा समेत छलफल हुने जनाइएको छ ।

कार्यक्रममा सन् २०१८ का नोबेल पुरस्कार बिजेताहरुसहित क्याथोलिक क्रिश्चियनका धर्म गुरु पोप  फ्रेनसीस तथा पाकिस्तानी प्रधानमन्त्री इमरान खानलगायतले सम्बोधन गर्ने छन् ।

सम्मेलनमा नेपालले सुरुआतदेखि नै सहभागिता जनाउँदै आएको छ । अघिल्लो वर्ष नेपालको तर्फबाट लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले सहभागित्ाा जनाएका थिए ।

यो पटक सम्मेलनमा मन्त्री पण्डितसहित, कार्यबाहक राजदूत सागरप्रसाद फुयाँलले नेपालको प्रतिनिधित्व गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment