Comments Add Comment

कट्रिनाको विकिनी तस्बिरमा सलमानको यस्तो भनाई

नायक सलमान खान र नायिका कट्रिना कैफ अहिले पनि प्रेममा छन् भन्ने चर्चा बलिउडमा चल्ने गर्दछ । चलचित्र ‘भारत’मा एकसाथ काम गरिरहेका यो जोडी न त जोडिन सक्छन्, न त अलग हुन नै सक्छन् ।

सलमानसँग प्रेम सम्बन्धमा रहेर ब्रेकअप भएपछि नायिका कैफ नायक रणवीर कपुरको प्रेममा थिइन् । सो समयमा नायिका कैफको होलिडे मनाउने क्रममा एउटा तस्बिर सार्वजनिक भएको थियो । कैफ विकिनी अवतारमा देखिएको तस्बिरले हंगामा मच्चाएको थियो । सो समयमा नायक खानले टिप्पणी गर्दै, कलाकारले आफ्नो व्यक्तिगत तस्बिर बाहिर ल्याउन नहुने बताएका थिए ।

तर, अब सलमानले यो तस्बिरको बिषयमा नयाँ कुरा बोलेका छन् । उनले भने–‘मलाई लाग्छ कि, कट्रिनाको तस्बिरमा फोटोसपले काम गरेको छ । यो कुनै प्रचारको उपाय थिएन, तस्बिर नै नक्कली थियो । कट्रिनाको अनुहार राखेर कसैले फोटोसपबाट यो तस्बिर बनाएको हो ।’

सलमानले अगाडि भने–‘कोही मानिस होलिडेमा गएको समयमा कसैले फोटो खिच्नु घटिया काम हो । यो हाम्रो दिदी बहिनीको साथमा पनि हुनसक्छ । जब, तपाई आफ्नो दिदी–बहिनीको तस्बिर यसरी लिक हुन्छ भने कस्तो प्रतिक्रिया दिनुहुन्छ ?’

सलमानको यो बयानले पनि उनी कट्रिनालाई लिएर कती गम्भिर छन् भन्ने वुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment