Comments Add Comment

चैत्र २९ मै अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’

निर्माता सुनिल कुमार थापाले आइतबार आफू निर्मित चलचित्र ‘ए मेरो हजुर ३’को टिजर सार्वजनिक गर्ने तयारी गरेका छन् । उनले हतारिएर टिजर सार्वजनिक गर्न लाग्नुको पछाडि केही कारण छन् । किनकी, उनको चलचित्रका मुख्य नायक अनमोल केसीकै अभिनय रहेको चलचित्र ‘क्याप्टेन’ फागूणको १७ गतेबाट रिलिज हुँदैछ । तर, यो चलचित्रको रिलिज अगावै किन सुनिल टिजर सार्वजनिक गर्न चाहन्छन् ?

चलचित्र बजारमा अझै पनि चैत्रको २९ गते ‘ए मेरो हजुर ३’ रिलिज हुन्छ भन्नेमा थोरै मात्र मानिस विश्वस्त छन् । किनकी, अनमोल आफैले पनि आफ्नो चलचित्रको रिलिज करिब ६ महिनाको अन्तरमा हुने भनेर बोल्दै आएका छन् । तर, यसपटक अनमोल डेढ महिनाको अन्तरमा २ वटा चलचित्र लिएर आउँदैछन् ।

चैत्र २९ गते ‘यात्रा’ चलचित्र पनि रिलिज हुँदैछ । यो मितिमा आफू पनि आउँदैछु भनेर स्पष्ट पार्न सुनिलले चलचित्रको टिजर रिलिज गर्न लागेका हुन् । यो चलचित्रमा सुनिलकी छोरी सुहाना थापा र अनमोल केसी मुख्य भूमिकामा छन् ।

झरना थापाले चलचित्रलाई निर्देशन गरेकी हुन् । नेपाल र अमेरिकामा चलचित्रको छायांकन गरिएको छ । टिजर सार्वजनिक भएको एक सातामै सुहानाको सोलो नृत्य रहेको एउटा गीत सार्वजनिक गर्ने तयारी यसको निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment