Comments Add Comment

क्रिकेट रंगशाला निर्माणका लागि मलेसियामा धुर्मुस-सुन्तली साँझ

मलेसिया । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानका लागि मलेसियामा धुर्मुस-सुन्तली साँझ आयोजना गरिएको छ ।

यही माघ १६ गते काठमाडौंको राष्ट्रियसभा गृहबाट घोषणा गरिएको रंगशाला निर्माणका लागि सहयोग संकलनका गर्न आयोजना गरिएको कार्यक्रममा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लगायत कलाकारहरूले आफ्नो प्रस्तुति दिएका छन् ।

रंगशाला निर्माणका घोषणासँगै पहिलो प्रस्तुतिको लागि धुर्मुस-सुन्तलीका साथै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बद्री पंगेनी, आधुनिक गायिका मेलिना राई, लोक गायिका सम्झना भण्डारी र कार्यक्रम प्रस्तोता यामजोङ्ग मलेसिया पुगेका छन् ।

धुर्मुस र सुन्तली ब्राण्ड एम्बेसेडर रहेको सिटी एक्सप्रेसले कार्यक्रमको आयोजना गरेको हो ।

जसअन्तर्गत क्वालालम्पुर, डेवान मारियमेनको सिटी सेन्टर र पेनाङ एसटी एन्नी चर्चमा कार्यक्रम सम्पन्न भएको छ ।

अर्काे कार्यक्रमम यही फेब्रुअरी १० तारिखमा जोहर बारुमा हुने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment