Comments Add Comment

डीपीएलको ट्रफी सार्वजनिक, उद्घाटन खेल अनिश्चित

२५ माघ, धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) को ट्रफी सार्वजनिक भएको छ । धनगढी क्रिकेट एकेडेमीले शुक्रबार ६ टीम खेलाडीको उपस्थितिमा ट्रफी सार्वजनिक गरेको हो ।

डीपीएल ३ मा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, सीवाईसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ ।

डीपीएलको माघ २६ गते हुने भनिएको उद्घाटन खेल भने वर्षाका कारण एकदिन पछाडि सर्ने सम्भावना रहेको आयोजकले जानकारी दिएको छ ।

शुक्रबार विहानसम्म देशभर पानी परेपछि फाप्ला क्रिकेट मैदान हिलाम्य बनेको छ । त्यसकारण डीपीएलको खेल शनिबार हुने या नहुने अनिश्चित देखिएको हो ।

सर्वाधिक पुरस्कार राशिको डीपपीएल विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउने छन् । यस्तै मस्ट भ्यालुएवल प्लेयरलाई गोल्डस्टार ‘सुनको जुत्ता’ प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment