Comments Add Comment

ब्राजिलमा फुटबल ट्रेनिङ सेन्टरमा आगलागी, १० जनाको मृत्यु

२५ माघ, काठमाडौं । ब्राजिलको एक फुटबल ट्रेनिङ सेन्टरमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ, ३ जना घाइते भएका छन् ।

रियो द जेनेरियोस्थित फ्लेमेङ्गो फुटबल क्लबको ट्रेनिङ गर्ने स्थान निन्हो डे उरुबुमा आगलागी हुँदा मृत्यु हुनेमा उक्त क्लबको जुनियर खेलाडीहरु रहेका छन् ।

आगलागीको कारण अहिलेसम्म खुलेको छैन । फ्लेमेङ्गो ब्राजिलको राम्रो र अन्तर्राष्ट्रिय रुपमा पनि परिचित क्लब हो ।

पाँच पटक ब्राजिलको सिरि ए लिग जितेको यो क्लब यसवर्ष अंक तालिकाको दोस्रो स्थानमा छ । ब्राजिलका पूर्वखेलाडी रोनाल्डिन्होले उक्त आगलागीलाई ठूलो संकट भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment