Comments Add Comment

मैदान हिलाम्ये भएपछि डीपीएल प्रभावित

२५ माघ, काठमाडौं । वर्षाका कारण मैदान हिलाम्ये भएपछि धनगढी प्रिमियर लिग (डीपीएल) प्रभावित भएको छ ।

शनिबारदेखि सुरु हुने भनिएको प्रतियोगिता सोमबारबाट मात्र सुरु हुने आयोजकले जनाएको छ । फाप्ला क्रिकेट मैदानमा हुने उद्घाटन खेल काठमाडौं गोल्डेन्स र धनगढी स्टार्सबीच हुनेछ ।

डीपीएल ३ मा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सीवाईसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ ।

सर्वाधिक पुरस्कार राशिको डीपपीएल विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउने छन् । यस्तै मोष्ट भेल्युवल प्लेयरलाई गोल्डस्टार ‘सुनको जुत्ता’ प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment