Comments Add Comment

बिहेको ३ मिनेटमै डिभोर्स

सायद यो विश्वकै पहिलो र किर्तिमानी घटना हुनुपर्दछ, सबैभन्दा छोटो समयमै डिभोर्स भएको । अरबी मुलुक कुबेतमा हालै एउटा यस्तो घटना सार्वजनिक भएको छ । त्यहाँ बिहे भएको केवल ३ मिनेटमै लोग्ने स्वास्नीबीच डिभोर्स भएको छ ।

एकजना बेहुलीले बिहेको ३ मिनेटमै आफ्ना बेहुलालाई तलाक दिइन् । तलाक दिनुको कारण चाहीँ झनै रोचक छ । जब कारणको बारेमा थाहा भयो, मानिसहरु बेहुलीको पक्षमा उभिए ।

समाचार अनुसार एक जोडी बिहेका लागि अदालतमा पुगेका थिए । उनीहरु एक अर्काको बन्नका लागि निकै खुसी थिए ।

जब बिहेको अदालती कागजमा हस्ताक्षर गरेर बेहुला बेहुली अदालतको ढोका बाहिर निस्किँदै थिए, एक्कासी बेहुलीको खुट्टा अल्झियो र उनी लडिन् ।

बेहुली लडेपछि उनलाई उठाउनुको साटो बेहुला चाहीँले उल्टै मुर्ख भनेर गाली गरे । भर्खरै बिहे गरेको लोग्नेले आफुलाई माया गरेर उठाउनुको साटो त्यस्तो दुर्वचन बोलेपछि बेहुली रिसले आगो भइन् । उनी तत्कालै त्यहाँबाट उठेर अदालतभित्र छिरिन् । उनले आफ्नो बिहे गराइदिने न्यायाधीश समक्ष आफ्नो घटना सुनाउँदै आफु सम्बन्ध विच्छेद गर्न आएको बताएपछि सबै अचम्ममा परे । उनको कुरा सुनेपछि न्यायाधीश पनि छक्क परे । सुरुमा त उनले आफ्नो निर्णयमा पुनर्विचार गर्न बेहुलीलाई आग्रह गरे । तर उनी मान्ने वाला थिइनन् । अन्ततः न्यायाधीशले पनि सम्बन्ध विच्छेदको फैसला गरिदिए ।

बिहेकेा ३ मिनेटमै भएको उक्त सम्बन्ध विच्छेद कुवेतको इतिहासमै पहिलो भएको बताइएको छ । यो विवाह सायद दुनियाकै सबैभन्दा छोटो वैवाहिक सम्बन्ध पनि होला ।

यो घटनाका बारेमा सोसल मिडियामा समाचार फैलिएसँगै मानिसहरुका अनेक खालका प्रतिक्रिया आएका छन् । धेरैले ३ मिनेटमै डिभोर्सको फैसला लिने ती युवतीको प्रसंसा गरेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment