Comments Add Comment

भारतमा विषालु मदिरा पिउँदा ६० जनाको मृत्यु

काठमाडौं । उत्तर प्रदेशको दुई जिल्ला र उत्तराखण्डको रुडकीमा विषालु मदिरा पिउँदा दजनौंको मृत्यु भएको छ । अहिले पनि थुप्रै मानिस मृत्युसँग संघर्षरत छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार अहिलेसम्म मृतकको संख्या ६० नाघेको छ । जसमध्ये सबैभन्दा धेरै सहारनपुरका छन् । त्यहाँ मात्र ४६ जनाको मृत्यु भएको छ । जिल्ला अधिकारी आलोक पाण्डेय र पुलिस अधिक्षक दिनेश कुमार पीले संयुक्त वक्तव्य जारी गर्दै मृतकको संख्या बताएका हुन् ।

यो आंकडा बढ्ने अनुमान छ । उत्तराखण्डको रुडकीमा पनि विशालु मदिराका कारण १४ जनाको मृत्यु भएको छ ।

सहारनपुरको नागल, गागलहेडी र देवबन्द थाना क्षेत्रका कयौं गाउँमा दर्जनौं मानिस मृत्युसँग संघर्षरत छन् ।

राज्यका डीजीपी ओपी सिंहका अनुसार सहारनपुरमा मानिसहरुले पिएको यो मदिरा उत्तराखण्ड राज्यबाट ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment