Comments Add Comment

सकिबले न्यूजिल्याण्डविरुद्धको सिरिज गुमाए

काठमाडौं । बंगलादेशका अलराउण्डर सकिब अल हसनले न्याजिल्याण्डविरुद्ध एकदिवसीय सिरिज नखेल्ने भएका छन् ।

बंगलादेश पि्रमियर लिगको फाइनलका क्रममा उनको औंला भाँच्चिएको थियो । ११ औं ओभरमा थिसारा परेराको बल ढाका डाइनामिकका कप्तान समेत रहेका हसनको देब्रो हातको साइली औलामा चोट लागेको थियो ।

यो खेलमा ढाकालाई १७ रनले हराउँदै कोमिला भिक्टोरियन्सले लिगको उपाधि जित्यो ।

खेलपछि गरिएको एक्स-रेले औंला भाँच्चिएको पुष्टि भएको बंगलादेश क्रिकेट बोर्डका फिजिओले बताएका छन् । अब अर्को साता हुने सिरिजमा हुने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment