Comments Add Comment

डर्टमुन्डले तीन गोलको अग्रता खेर फाल्यो

काठमाडौं । बुन्डेजलिगा लिडर बोरुसिया डर्टमुन्डले तीन गोलको अग्रता खेर फाल्दै होफेनहाइमसँग बराबरी खेलेको छ ।

डर्टमुन्डका जेडन सान्चोले फेरि एक पटक उत्कृष्ट प्रदर्शन गरे । एक गोल गरेका उनले एक गोलपास दिए । उनको एक प्रहार भनेर पोष्टमा लागेको थियो ।

घरेलु मैदानमा भएको खेलमा सान्चोको ३२ औं मिनेटमा गोल गरे । उनकै पासमा मारियो गोट्जेले ४३ औं मिनेटमा गोल गरेपछि डर्टमुन्ड पहिलो हाफमा २-० ले अगाडि रहृयो ।

रफायल गुरेराले ६६ औं मिनेटमा गोल गरेसँगै डर्टमुन्डको जित सुनिश्चित भएको मानिएको थियो । तर, होफेनहाइमले उत्कृष्ट पुनरागमन गर्‍यो । ७५ औं मिनेटमा इशाक बेलफोडिलले गोल गरे भने पावेल काढेरबाकले ८३ औं मिनेटमा गोल गरे ।

निर्धारित समयका खेल सकिन तीन मिनेट बाँकी छँदा होफेनहाइमका बेलफोडिलले व्यक्तिगत दोस्रो गोल गर्दै बोरुसिया डर्टमुन्डलाई बराबरीमा रोके ।

बराबरीपछि डर्टमुन्ड २१ खेलबाट ५० अंकसहित शीर्ष स्थानमा छ भने नवौं स्थानमा रहेको होफेनहाइमको ३० अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment