Comments Add Comment

सधैंका लागि बिदा भइन् न्यूयोर्ककी साहसी नेपाली चेली

गत भदौ महिनामा अनलाइनखबरमार्फत हामीले न्युयोर्कमा रहेकी नेपाली चेली प्राशा तुलाधरको साहसको कथा सुनाएका थियौं । फोक्सो र किड्नीमा फेरि समस्या देखिएपछि अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेकी उनलाई यसपटक शरीरले साथ दिएन ।

न्युयोर्कमा रहेकी नेपाली चेली प्राशा तुलाधरको फेब्रुअरी ७ तारिखका दिन निधन भएको छ ।

दुबै फोक्सोले काम नगरेपपछि नयाँ फोक्सो प्राप्त गर्न प्राशाले गरेको संघषको कथा यसअघि अनलाइनखबरमा प्रकाशित भएको थियो ।

यो पनि पढ्नुहोस्– न्युयोर्कमा नेपाली चेलीको साहसः प्राशाको जिजीविषा, दीपकको प्रेम !

यसबीचमा प्राशाले स्वास्थ्य अवस्था प्रतिकुल हुँदा पनि छोरी जोलिनलाई जन्म दिएकी थिइन् । उनको असैह्य पीडा एवं नयाँ फोक्सो पाइसकेपछि अरुहरुलाई अंग दान गर्न प्रेरणा दिने अभियन्ता बनेको कथा तपाई हामी सबैका लागि प्रेरणादायी बनिरहने छ ।

प्राशालाई न्युयोर्कमा फेब्रुअरी ९ तारिखका दिन बिदाइ गरिएको छ । फेब्रुअरी ९ तारिखले प्राशाको जीवनमा ठूलो महत्व राख्थ्यो । किनभने, सन् २०१६ फेब्रुअरी ९ तारिखककै दिन म्यानहृयाटनको कोलम्बिया युनिभर्सिटी अरभि मेडिकल सेन्टरमा उनको फोक्सोको सफल प्रत्यारोपण भएको थियो ।

उनलाई अन्तिम पटक बिदाइ गर्दा नेपाली र गैरनेपालीहरुको उल्लेख्य उपस्थिति थियो ।

प्राशाका पिताजी प्रकाश तुलाधरले प्राशाका शुभचिन्तकहरु देखेर मन भारी भएको बताएका छन् । उनले भने, ‘मैले प्राशालाई माया गर्ने मानिसहरु यति धेरै छन् भनेर विश्वास नै गरेको थिइनँ ।’

प्राशा आफ्नी ६ वर्षीया छोरी जोलिन्, पति दीपक महर्जन र माता-पितासँग न्युयोर्कमा बसोबास गर्दै आएकी थिइन् ।

प्राशाको संघर्षबारेे डकुमन्ट्री हेर्न यहाँ क्लिक गर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment