Comments Add Comment

सातौं विश्व सरकार शिखर सम्मेलनमा मन्त्री पण्डित

युएई । दुबईमा आज (आइतबार) बाट सातौँ विश्व सरकार शिखर सम्मेलन सुरु हुँदैछ ।

युएईको खुशी मन्त्रालयको प्रमुख आयोजनामा हुन लागेको सम्मेलनमा नेपाल सहित १५० देशका राष्ट्रप्रमुख तथा प्रतिनिधिले सहभागिता जनाउँदैछन् ।

सम्मेलनमा श्रमबजार, शिक्षा स्वास्थ्य, राजनीतिसँग सरकारसँग तथा समुदायको सम्बन्ध विषयमा छलफल हुनेछ ।

कार्यक्रममा सन् २०१८ का नोेबेल पुरस्कार बिजेताहरुसहित क्याथोलिक कि्रश्चियन धर्म गुरु पोप फ्रेनसीस तथा पाकिस्तानी प्रधानमन्त्री इमरान खान लगायतले सम्बोधन गर्नेछन् ।

नेपालको तर्फबाट मन्त्री पण्डितसहित कार्यबहाक राजदूत सागरप्रसाद फुयाँलले सहभागिता जनाउने छन् । सम्मेलन मंगलबारसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment