Comments Add Comment

भूपू मायालुलाई ‘देखाइदिन’ साङ्लाको न्वारान

प्रणय दिवस नजिकिादै छ । यो भ्यालेन्टाइन्स डेमा धेरै एकल युवा युवतीहरु प्रेम सम्बन्धमा आबद्ध होलान् । प्रेममा रहेकाहरुको प्रेमको गााठो झनै कसिएला । तर प्रेम सम्बन्ध टुटेकाहरुले भ्यालेन्टाइन्स डे मा के गरेर चित्त बुझाउलान् ?

प्रेम सम्बन्ध टुटेको झोाकमा कतिपयले बदलाको भावना लिएर गलत कदम पनि चाल्ने गर्दछन् । त्यस्तो गलत कदमलेे आफू र आफ्नो भूपूलाई पनि हानी नोक्सानी पुग्न सक्दछ ।

तर सबै खालका बदलाहरु हानिकारक कहाा हुन्छन् र ? बेलायतको एउटा चिडियाखानाले आफ्नो भूपू मायालुप्रति बदला लिनका लागि अनौठो अफरको घोषणा गरेको छ ।
बेलायतको हेम्स्ले कन्जरभेसन सेन्टर अर्थात् एचसीसी चिडियाखानाले घोषणा गरेको अफर अनुसार यो भ्यालेन्टाइन डे मा प्रेममा बिछोडिएकाहरुले आफ्नो भूपूको सम्झना गर्न वा भूपूप्रति बदला लिनका लागि एउटा साङ्गलाको न्वारान गर्न पाउनेछन् । अर्थात् चिडियाखानामा रहेको एउटा साङ्लालाई आफ्नो भूपू मायालुको नामबाट नामाकरण गराउन पाउनेछन् । अर्थात् भूपू मायालुलाई ‘साङ्गला’ बनाएको भनेर चित्त बुझाउन पाउनेछन् ।

उक्त चिडियाखानाले आफ्नो फेसबुक पेजमार्फत यस्तो अनौठो घोषणा गरेको हो । चिडियाखानाको परियोजनाका लागि कोष संकलन गर्न उसले यस्तो जुक्ति अपनाएको हो ।

साङ्गलालाई आफ्नो भुपु मायालुको नामबाट नामाकरण गराउनका लागि डेढ पाउण्ड तिर्नुपर्नेछ । अनलाइन बाटै नामाकरण गरी प्रमाणपत्र पनि प्राप्त गर्न सकिनेछ । उक्त साङ्गला राखिएको चिडियाखानाको कक्षमा त्यसरी नामाकरण गराइएका नामहरु उल्लेख गरिनेछ ।

चिडियाखानाको यो अफरलाई धेरैले रुचाएका छन् । उसको फेसबुक पेजमा सयौ‌ लाइक्स तथा कमेन्ट्स प्राप्त भैरहेका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment