Comments Add Comment

प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो आइसक्यो : पौडेल

२७ माघ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भेनेजुएला प्रकरणमा पार्टीभित्र कुरा मिलिसकेको दावी गरेका छन् ।

पार्टी सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक रहेको स्पष्ट पार्दै नेता पौडेलले भने, ‘सबै कुरा मिलिसक्यो । सहमति भैसक्यो । अब यसलाई अनावश्यक रुपमा उचाल्नुहुँदैन् ।’

रिपोर्टस क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले अमेरिकी राजदूतले प्रचण्डलाई अमेरिका भ्रमणको निम्तोसमेत दिइसकेको खुलासा गरेका छन् ।

‘नेपालस्थित अमेरिकी राजदूत र हाम्रो पार्टीका अध्यक्ष प्रचण्डबीच हिजो एक्लाएक्लै भेटवार्ता भैसकेको छ । राजदूतसँगको भेटमा हाम्रो अध्यक्षज्यूले वक्तव्य यो ‘स्पिरिट’मा आएको हो भनेर भनिसक्नुभएको छ । अब यो समस्या हल भयो ।’

पाैडेलले शनिबार मात्रै नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच भएको तीन घण्टा लामो भेटवार्तामा अहिले देखिएका सबै समस्या हल गरेर जाने सहमति भएको जिकिर समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment