Comments Add Comment

लण्डनमा सुरु भयो ‘सम्हालिन्छ कहिले मन’को छायांकन

चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकन बेलायतको राजधानी लण्डनमा सुरु भएको छ । करिब ५० दिनको छायांकन सेड्यूलको साथमा यसका कलाकार र निर्माण टिम केही दिन अघि मात्र लण्डन पुगेको थियो । छायांकन अगाडि चलचित्रका कलाकार र टिमले क्यामेरा पूजा गरेका थिए ।

पूजा सकेर चलचित्रको छायांकन सुरु गरिएको हो । नायिका पूजा शर्मा र नव–नायक सोनम तोप्देनले पहिलो सर्ट दिएका छन् । चलचित्रमा आकाश श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

निर्देशक थापाले लण्डन, स्कटल्याण्ड र वेल्समा चलचित्रको छायांकन हुने बताए । एबी इन्टरनेशलको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन बेलायतपछि नेपालको मुस्ताङमा हुनेछ । अमित बस्नेतको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता अंकित गौतम र सनिष खकुरेल हुन् । चलचित्रमा परि राना र अजितकुमार थापाको सह–निर्माण छ ।

अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा महेश दवाडीको कथा छ । त्रिकोणात्ममक प्रेमकथामा यो चलचित्र तयार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment