Comments Add Comment

रिलायन्स लाइफ इन्स्योरेन्सको ७ शाखाहरुको उद्घाटन

२७ माघ, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले बीरगंज, पाल्पा, नारायणगढ, हेटौंडा,घोराही, तुलसीपुर र बुटवलगरी७ वटा शाखाहरुको उद्घाटन सम्पन्न गरेको छ ।

बीरगंज शाखाको उद्घाटन कम्पनीका अध्यक्ष तारा चन्द केडिया र वीरगंज महानगरपालिकानगर उप- प्रमुख शान्ति कार्कीले संयुक्तरुपमा गरे ।

त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र नायब कार्यकारी अधिकृत निराजन कंडेलका साथमा पाल्पा शाखाको पाल्पा उद्योग वाणिज्य महासंघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठ, नारायणगढ शाखाको चितवन उद्योग वाणिज्य महासंघका अध्यक्ष सहनलाल प्रधान र हेटौंडा शाखाको मकवानपुर उद्योग वाणिज्य महासंघका अध्यक्षकृष्ण कटवालले गरे । |

साथै कम्पनीका नायब कार्यकारी अधिकृत निराजन कंडेलका साथमा घोराही शाखाको घोराही उपमहानगरपालिका नगर उप-प्रमुख सीता न्यौपाने, तुलसीपुर शाखाको तुलसीपुर उपमहानगरपालिकानगर प्रमुख घनश्याम पाण्डे र बुटवल शाखाको प्रदेशन ५का सामाजिक विकास मन्त्री सुदर्शन बरालले गरे।

समुद्घाटन समारोहमा कम्पनीका पदाधिकारी र स्थानीय बासिन्दाहरुको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment