Comments Add Comment

फाष्ट ट्रयाकका लागि पुलको डिजाइन तयार, टेन्डरको टुंगो छैन

२७ माघ, वीरगञ्ज । काठमाडौं–तराई द्रुत मार्ग (फास्ट ट्रयाक) अन्तर्गत पर्ने खोलाहरुमा बनाउनुपर्ने पुलहरुको नमुना डिजाइन तयार गरिएको छ ।

नेपाली सेनाको निजगढस्थित सडक निर्माण कार्यदलका अनुसार, राष्ट्रिय गौरवको आयोजना फाष्ट ट्रयाकमा ५० देखि ४५० मिटरसम्मका ९९ वटा बनाउनुपर्ने छ ।

तिमध्ये सबभन्दा लामो ४५० मिटरको पुल लालबकैया नदीमा बनाउनुपर्ने छ । त्यस्तै, बकैया खोलामा पनि १२० मिटर लामो पुल आवश्यक पर्नेछ । सरकारले यी पुल निर्माणका लागि टेन्डर आह्वान गर्न बाँकी छ ।

ललितपुरको खोकनादेखि बाराको निजगढसम्म ७६ किलोमिटर फास्ट ट्रयाक निर्माणका लागि नेपाली सेनाको १० वटा कार्यदल खटेको छ । एउटा निर्माण कार्यदलको जिम्मामा ७ देखि १० किलोमिटर सडकखण्ड पर्छ । तामागढीस्थित निजगढ कार्यदल अन्तिम विन्दुमा छ । यो खण्डको १० किलोमिटर ट्र्याक खोल्ने काम ८० प्रतिशत सकिएको नेपाली सेनाले जनाएको छ ।

फास्ट ट्रयाक निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछाने बताउँछन् । फाष्ट ट्रयाक निर्माण पछि बारामा पर्यटक बढ्ने उनले बताए ।

फाष्ट ट्रयाक निर्माणका लागि १ सय १२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । काठमाडौं–निजगड फाष्ट ट्रयाक बनेपछि बार्षिक १० अर्ब रुपैयाँको इन्धन बचत हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment