Comments Add Comment

युभेन्टसको जितमा रोनाल्डोको गोल

२८ माघ, काठमाडौं । युभेन्टसले इटालियन सिरि ए फुटबलमा सासुओलोमाथि सहज जित हात पारेको छ ।

आफ्नै घरेलु मैदानमा आइतबार राति भएको खेलमा युभेन्टसले सासुओलोलाई ३–० गोलअन्तरले पराजित गर्न सफल भएको हो । युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डो, सामी खेडिरा र इमरे केनले समान १–१ गोल गरे ।

खेलको २३औं मिनेटमा नै खेडिराले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा युभेन्टसले एक गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा भने युभेन्टसले थप दुई गोल गर्न सफल भयो ।

७०औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई दोब्बर अग्रता दिलाएका थिए । खेलको ८६औं मिनेटमा केनले गोल गर्दै युभेन्टसलाई ३–० गोलको जित दिलाए ।

जितसँगै लिग लिडर युभेन्टसको २३ खेलबाट ६३ अंक भएको छ । पराजित सासुओलोको भने २३ खेलबाट ३० अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment