Comments Add Comment

अर्जुन र सलमानको दुश्मनीले ‘नो इन्ट्री २’ निर्माणमा सकस

बलिउड नायक सलमान खान अभिनित चलचित्र ‘नो इन्ट्री’ले बलिउडमा माइलस्टोन चलचित्र सावित भएको थियो । यस चलचित्र सन् २००५ को सर्वाधिक व्यापार गर्ने चलचित्र बनेको थियो । चलचित्र निर्माण भएको १४ बर्षपछि अ अब यसको सिक्वेल बन्ने भएको छ । निर्देशक अनिश बज्मीले अहिले ‘नो इन्ट्री २’को कथा तयार पारिसकेका छन् । यस चलचित्रमा कलाकार छनोट गर्ने जिम्मा भने निर्देशक बज्मीले निर्माता बोनी कपुरलाई दिएका छन् । तर, निर्माता कपुरले यस चलचित्रका लागि सलमान खानसँग कुरा गरेका छैनन् ।

सलमानले ‘नो इन्ट्री’मा प्रेमको भुमिका निर्वाह गरेका थिए । चलचित्रमा अनिल कपुर र फर्दिन खानको पनि मुख्य भूमिका थियो । यो चलचित्रमा सलमान खान नहुने पक्का जस्तै छ । केही समय अगाडि सलमानले पनि यो चलचित्रमा काम गर्ने चर्चा चलेको थियो । तर, सलमानले समय मिलाउन नसक्दा निर्माताले उनीविना नै यो चलचित्र बनाउने तयारी गरेका छन् । अर्कोतिर, बोनी कपुरका छोरा अर्जुन कपुर र नायक सलमान खानविचको सम्बन्ध पनि अहिले सुमधुर छैन । यहीकारणले पनि बोनीले सलमानसँग कुरा गर्न नसकेका हुन् ।

सलमानकी बुहारी मलाइका अरोरासँग अर्जुनले प्रेम गरेपछि सलमान उनीसँग रिसाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment