Comments Add Comment

स्वार्थी तत्वले जनतामा निराशा फैलाउन थाले : प्रधानमन्त्री ओली

२८ माघ, काठमाडौ. । प्रधानमन्त्री केपी शर्मा ओलीले केही स्वार्थी तत्वले जनतामा निराशा फैलाउन थालेको बताएका छन् ।

जनताको अपेक्षा अनुसार काम गर्ने आधार तय भइरहेका बेला जनतालाई निराश बनाउन अनुचित र अनुपयुक्त प्रयास भइरहेको प्रधानमन्त्री ओलीले दावी गरे ।

उनले नेपालमा वैदेशिक लगानी भित्र्न नदिन चैत्र दोस्रो साता आयोजना हुन गइरहेको ‘नेपाल लगानी सम्मेलन’ भाँड्ने तत्वहरु पनि सक्रिय भइरहेको जिकिर गरे ।

गृह मन्त्रालयमा सोमबार आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकलाई अन्धरकार युगमा राखिरहने प्रयास अझै पनि भइरहेको भन्दै त्यस्ता प्रवृत्तिविरुद्ध लड्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले केही दिनअघि अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने लगायतका गतिविधि भएको उल्लेख गर्दै सैहृय नहुने चेतावनी दिए । मुलुकमा विद्युतिकरण हुन नदिन त्यस्ता खालको गतिविधि भइरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment