Comments Add Comment

डीपीएलको उद्घाटन खेलमा काठमाडौं विजयी

धनगढीका अमितले बनाए अर्धशतक

२८ माघ, काठमाडौं । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको पहिलो खेलमा काठमाडौं गोल्डेन्स विजयी भएको छ ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा सोमबार भएको खेलमा काठमाडौं गोल्डेन्सले घरेलु टिम धनगढी स्टार्सलाई चार विकेटले पराजित गरेको हो । १३३ रनको मध्यम चुनौती पछ्याएको काठमाडौंले निर्धारित २० ओभर सकिन एक बल बाँकी छदा लक्ष्य भेट्टायो ।

काठमाडौंका लागि महबुब आलम र बिक्रम भुसालले २.५ ओभरमा २९ रनको साझेदारी गर्दै खेल जिताए । बिक्रम १४ रन र महबुब १२ रनमा अविजित बने ।

काठमाडौंका लागि अंकित दबासले २८, गौरब तोमरले २८ र अनिलकुमार शाहले २४ रन बनाए ।

धनगढीका रोहन मुस्ताफाले चार विकेट लिए पनि टीमलाई जित दिलाउन सकेनन् ।

टस हारेर ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १३२ रन बनाएको थियो । धनगढीका लागि अमित श्रेष्ठले अर्धशतक बनाएका थिए । उनले ५० बलमा चार चौका र दुई छक्का प्रहार गर्दै ५० रन बनाए । त्यस्तै, सन्दीप रजालीले २८ र सौरभ खनालले १० बलमा २५ रन बनाएका थिए ।

सर्वाधिक पुरस्कार राशीको डीपपीएल विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउने छन् । यस्तै मष्ट भेल्युवल प्लेयरलाई गोल्डस्टार ‘सुनको जुत्ता’ प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment