Comments Add Comment

चरेशसहित भारतीय नागरिक पक्राउ

२८ माघ, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट लागूऔषध चरेशसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारत पश्चिम बंगाल कोलकता-११ नारगेल मेनरोडका ३८ वर्षीय  मोहमद सकिल र २६ वर्षीय मोहमद फरिद पक्राउ परेका हुन् ।

वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेट नजिकबाटै पक्राउ परेका उनीहरुको साथबाट लागूऔषध चरेश १० किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरी चौकी ईनर्वा, पर्साबाट खटिएको प्रहरी चेकजाँचका क्रममा नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनीहरुले शरीरमा लुकाई लैजाँदै गरेको चरेश बरामद गरेको प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । उनीहरुलाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

यसैगरि सर्लाहीबाट प्रहरीले लागूऔषध गाजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लहान नगरपालिका-१३ सेतिभिर बस्ने २८ वर्षीय हर्कबहादुर ब्लोनलाई ५ किलो गाजासहित पक्रेको हो ।

आइतबार साझँ प्रहरीले पक्राउ परेका उनलाई आवश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी पत्थरकोटबाट गएको टोलीले गाजासहित ब्लोनलाई पक्रेको प्रदेश प्रहरी कार्यालय, प्रदेश २ का प्रवक्ता प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । प्रहरीले उनीहरुको थप अनुसन्धान गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment