Comments Add Comment

आईसीसी वरियता : टप ४० मा अटाए पारस, सोमपालको २२ स्थान सुधार

२८ मंसिर, काठमाडौं । नेपालका क्रिकेट कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) वरियतामा पहिलो पटक टप ४० मा परेका छन् । अलराउण्डरको विधामा उनी ७६ रेटिङ साथ ४० औं स्थानमा उक्लेका हुन् ।

ब्याटिङतर्फ भने कप्तान पारस ९० औं स्थानमा छन् । यसैगरी युवा खेलाडी सोमपाल कामीले टी–२० क्रिकेटको बलिङ बरियतामा २२ स्थान सुधार गरेका छन् ।

यसअघि ९२ औं स्थानमा रहेका उनी २२ स्थानमाथि उक्लिदै ७० औं वरियतामा आइपुगेका हुन् । यो उनको करिअरकै सबैभन्दा राम्रो उपलब्धी हो । सोमपालले ४०९ रेटिङ अंक पाएका छन् । सोमपाल अलराउण्डरतर्फ पनि ५१ औं स्थानमा छन् ।

त्यस्तै, बलिङतर्फ नै नेपालका बसन्त रेग्मीले पनि वरियता सुधार गरेका छन् । उनी ७१ औं स्थानमा छन् । त्यस्तै, आईसीसीका अनुसार सन्दीप लामिछानेले पनि वरियतामा ३६ स्थान सुधार गर्दै १५९ औं स्थानमा आइपुगेका हुन् ।

टि–ट्वान्टी क्रिकेटको ब्याटिङ वरियताको शीर्ष स्थानमा भने पाकिस्तानका बाबर अजाम बलिङतर्फ अफगानिस्तानका युवा बलर राशिद खान र अलराउन्डरमा अष्ट्रेलियाका ग्लेन म्याक्श्वेल यथावत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment