Comments Add Comment

सिरहामा प्रचण्डले भने – संविधान संशोधनको पहल गरेको छु

२८ माघ, सिराहा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी समुदायको चाहनाअनुसार संविधान संशोधनको लागि लगातार पहल गरिरहेको बताएका छन् ।

संविधान संशोधनका लागि मधेसकेन्द्रित दलसँग गरेको प्रतिवद्धताअनुसार पहल भइरहेको पनि उनले जानकारी गराए ।

सिरहाको अर्नमा गाउँपालिका महनौरमा निर्मित स्वास्थ्य चौकीको सोमबार उद्घाटन गर्दै उनले संविधान संशोधनको पहल भइरहेको बताएका हुन् । मधेसको विकास निर्माणमा सरकारको ध्यान कम हुनेछ कि भनेर शंका नगर्न पनि उनले आग्रह गरे ।

‘नेकपाले मधेसमा पूर्वाधार निर्माणको प्याकेज अगाडि सारेको छ’ उनले भने, ‘तराई मधेसको निम्ति झण्डै तीन अर्ब रुपैयाँको विशेष व्यवस्था भइसकेको छ ।’

सिञ्चाई र खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न सम्बन्धित मन्त्रालयमा कुरा राखेको प्रचण्डले आश्वासन दिए ।

‘अहिले भर्खरै उद्घाटन भएको स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टरको व्यवस्था होस् भन्ने तपाईंहरुको मागमा म सकारात्मक छु’ उनले भने, ‘डाक्टरसहितको आवश्यक जनशक्तिका लागि मेरो तर्फबाट तपाईंहरुलाई सहयोग रहने छ ।’

सिरहालाई आँप जोनको रुपमा विकास गर्न पहल गर्ने पनि प्रचण्डले आश्वासन दिए । त्यस्तै धानखेतीका लागि सुपरजोन बनाउने प्रतिवद्धता पनि जनाए ।

पूर्वाधार विकास, उत्पादन वृद्धि, रोजगारी सृष्टि, निर्यात बढाउने र आयात घटाउने काममा पार्टी र सरकार लागिपरेको अध्यक्ष प्रचण्डको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment