Comments Add Comment

उर्जा परिसंघ र गाउँपालिका महासंघबीच सम्झौता

२८ माघ, काठमाडौं । नेपाल नविकरणीय उर्जा परिसंघ र गाउँपालिका राष्ट्रिय महासंघबीच सहयोग र सहकार्यका लागि सोमबार समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौतामा परिसंघका तर्फबाट अध्यक्ष गुणराज ढकाल र गाउँपालिका राष्ट्रिय महासंघका तर्फबाट अध्यक्ष होमनारायण श्रेष्ठले हस्ताक्षर गरे । समझदारी पत्रमा नेपालका ग्रामीण क्षेत्रमा बस्ने अधिकांश नेपालीहरु स्वच्छ उर्जाको पहुँचबाट टाढा रहेको सबै नेपालीको पहुँचसम्म पुर्‍याउन संस्थागत सहकार्य गरिने उल्लेख गरिएको छ ।

सबै गाउँपालिकाहरुमा नविकरणीय उर्जाका प्रविधिहरुको विकास तथा विस्तार गरी ग्रामीण जनतामा आधुनिक उर्जाको पहुँच पुर्‍याई गरिबी निवारण गर्ने गतिविधिमा टेवा पु¥याउन परिसंघ तथा महासंघ बीचको संस्थागत सहकार्य गर्नका लागि मार्ग प्रशस्त गर्ने परिसंघका अध्यक्ष ढकालले बताए ।

नवीकरणीय उर्जाका कार्यक्रमहरु सञ्चालनका लागि दुबै पक्षहरु ग्रामीण तथा बजार क्षेत्रमा उर्जाको विस्तार, उर्जामा आधारित लघु उद्योग स्थापना र साना पूर्वाधार निर्माणको माध्यमबाट समेत ग्रामीण क्षेत्रको अभाव कम गर्न दीर्घकालिन कार्यक्रमका लागि समेत साझेदार बन्न सक्नेछन् ।

परिसंघले नवीकरणीय ऊर्जाका कार्यक्रम देशका दूर दराजमा बस्ने गरीब तथा पिछडिएका समुदायमा पुर्‍याउन जोड दिदै आएको छ । यो सम्झौतापछि परिसंघलाई उर्जाका कार्यक्रमहरु ग्रामीण भेगसम्म लैजनाका लागि सहयोग पुग्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment