मानिसले जो पायो उसलाई साथी बनाउँदै हिँड्नुहुँदैन । आफूलाई अलग्गै जोगाएर हिँड्नुपर्छ । रिजर्भ रहनुपर्छ एक मानेमा । जसले आफूलाई मन पराउँदैन, त्यसलाई आफूले पनि मन नपराउने । त्यस्तासँग त बोल्नु पनि हुँदैन । … आफूले आदर गर्नुपर्नेलाई आदर गर्नुपर्छ, आदर गराउनुपर्नेलाई आदर गर्ने बनाउन सक्ने खालको काम गर्नुपर्छ । काम … काम … र कामलाई आफ्नो धर्म बनाउनुपर्छ । अनि मान्छे मान्छे हुन्छ ।
म यस्ता विचारहरू लिएर जिउने गर्छु । त्यसैले मेरा साथीहरू गन्तीमा धेरै छैनन् । अब यही भनुँ न… भोलामान … ऊ पनि मेरो साथी होइन । त्यसो त ऊ मैले मान्नुपर्ने आदरणीय व्यक्तित्व पनि होइन न त मलाई आदर गर्नुपर्ने नै हो ऊ । तब ऊ को हो त ? को हो भोलामान ?
साधारण परिचय दिने हो भने भोलामान एउटा जादुगरको नाम हो । जादुगर भन्नु स्वयंमा एउटा असाधारण व्यक्तित्व हो । तसर्थ असाधारण व्यक्तित्वको साधारण परिचय दिनु सायद न्यायसङ्गत देखिन्न । तर मैले भोलामानलाई केवल एउटा जादुगरको रुपमा मात्र राम्ररी चिनेको छु । आकृतिचाहिँ लेख्न सक्छु- पुड्के (करिब पाँच फिट उचाई), वर्ष ३७, कालोकालो वर्णको, पाखुराहरू ठूलाठूला, औलाहरू साना, चुच्चो नाक, पुक्क गाला, चिम्से आँखा, खोइ अरु के भनूँ ? यस्तैयस्तै आकृति छ उसको । … र ऊ एउटा जादुगर हो । जादुगर यस मानेमा कि उसले जादु गर्न सक्छ । जादु पनि यति अनौठाअनौठा कि म त छक्कै पर्छु । एकदम नौलानौला जादुहरू गर्छ ऊ । वैज्ञानिक प्रविधिहरूको पनि मिश्रण गरेर उसले जादुकलालाई पूर्ण विकास दिएको छ । जस्तो कि भनूँ न- चस्मा ।
चस्मा मात्र होइन, भोलामानले आफ्नो जादुले बनाएको अनेकौँ सामानहरू छन् । जस्तो-
१. हावा भरिएको, घनले हिर्काए पनि नफुट्ने- बेलुन ।
२. लेख्दा नदेखिने, तर चकको धुलो कागतमा दलेपछि लेखिएको एक एक पढ्न सकिने मसी र कलम ।
३. उड्ने सत्रन्जा । भोलामान बसेपछि त्यो सत्रन्जा करिब चारफिट उचाईमा उडेर दुई फिटजति पर पुग्थ्यो ।
४. यस्तैयस्तै अनेकाैं जादुगरी वस्तुहरू निर्माण गर्ने भोलामानले बेलाबेलामा हाम्रो अगाडि नै रित्तो हात फट्ट नचाएर रसभरि, चुरोट, पेडा, सुन्तला निकाल्थ्यो र हामीलाई खान दिन्थ्यो । (सुनिएअनुसार- अचेल जीवित भगवान् भनिने मानवहरूले पनि यो जादु भोलामानबाटै सिकेका हुन् रे ।)
काठमाडौँमा मरु गणेशस्थानको अगाडि रहेको जीरामरीच पसल भोलामानको हो । त्यो पसलमा पहिलेपहिले काम नहुँदा म दिनको एक पटक जान्थेँ र ऊसित गफ चुटेर बस्थेँ । त्यसरी बसिरहँदा उसले मलाई हात नचाइनचाइ जादुले खानेकुराहरू निकाल्दै खुवाउने गथ्र्यो । यी खानेकुराहरू उसले कहाँबाट निकाल्थ्यो ? कुनै पसलबाट ? कि साँच्चीकै जादुले ? पैसा तिथ्र्यो कि तिर्दैनथ्यो ? केही थाहा हुन्नथ्यो । आफूलाई केवल खानुसँग मतलब थियो । फेरी भोलामानले जादुद्वारा निकालेका वस्तुहरू खानमा निकै स्वादिला हुन्थे ।
यो धेरै वर्ष अगाडिको कुरा हो, जतिखेर म जागिर पाउने सङ्घर्षमा थिएँ । काम थिएन, उरन्ठ्याउले प्रवृत्ति थियो । राम्री केटी देख्यो कि जिस्क्याइहाल्ने, रत्नपार्क, नयाँसडक, इन्द्रचोक, भोटाहिटी दस-बाह्रपल्ट घुमिरहने । उमेर पनि त्यस्तै थियो, बिहे गरेको थिइनँ । भोलामानको पसलमा दिनको एकपल्ट पुगेकै हुन्थेँ । त्यहाँ दिनहुँ जानुमा दुई कारण थिए- भोलामानको जादुगरी र उसको पसलबाट छेउको घरको झ्यालमा देखिने सुन्दरी । पछि त मलाई भोलामानको जादुगरीले भन्दा बढी झ्यालमा देखिने सुन्दरी ले आकषिर्त गर्न थाल्यो ।
त्योताक म साहित्य पनि त्यस्तै पढ्थेँ । नेपाली पढेँ भने प्रकाश ‘कोविद’ र युधीर थापा । हिन्दी पढेँ भने- गुलशन नन्दा र रानू । अङ्ग्रजी पढेँ भने- ह्यारोल्ड रोबिन्स र इयान ˆलेमिङ । अङ्ग्रेजीमा एनोनिमसका ‘हिम, हर, सी, वी’ जस्ता पुस्तकहरू पनि मैले त्यहीताक पढिसिध्याएको हुँ । यस्ता साहित्य पढ्ने र दिनभरि अल्लारिने मजस्ता केटा केटी हेर्ने काममा आकषिर्त नहोस् पनि कसरी ? हरेक सुन्दरी युवतीलाई नङ्ग्याएर हेर्ने सोचाइ हुन्थ्यो । त्यस उमेरका सबै केटाको रहर त्यस्तै अर्थ न बर्थको हुँदो हो !
एक दिन मैले भोलामानलाई गफको सुरमा यही कुरा भनेँ । त्यो दिन बादलले आकाश डम्म ढाकेको थियो र त्यो सुन्दरी देखिने झ्याल पनि बन्द थियो । तर मेरो आँखा त्यही झ्यालमा गएर अड्किरहेथ्यो । बेलाबेलामा लाग्थ्यो अब झ्याल खोलियो र सुन्दरी देखिइन् । तर न झ्याल खोलियो, न सुन्दरी देखिइन् ।
“के हो ? अलि छटपट हुनुहुन्छ नि, गफमा ध्यान दिइराख्नुभएको छैन” जादुगरले ठ्याक्क समातिहाल्यो “भन्नोस् के चाहनुहुन्छ तपाईं ? नयाँ जादु ?”
“मैले चाहेको कुरा पुर्याइदिनुहुन्छ त ?” मैले अनपत्यारिलो पारामा सोधेँ ।
“पहिले भन्नोस् न ।”
“म ऊ त्यो पहेँलो घरको बन्द झ्यालभित्रकी सुन्दरी हेर्न चाहन्छु । सक्नुहुन्छ ?”
“किन नसक्नु ।”
भोलामानले आफ्नै पसलको चार-पाँच गेडा चामल लियो र मेरो आँखामा हेर्यो । चामलले मेरो आँखामा छोयो, मस्तिष्कमा छोयो र त्यो घरतिर हुर्याइदियो । मैले त्यो झ्यालतिर हेरेँ । नभन्दै झ्याल खोलियो र सुन्दरी देखिइन् । अद्भुतै भयो । तर एकैछिनमा झ्यालबाट सुन्दरी गायब भइन् । झ्याल थुनियो । यो पनि अद्भुतै भयो ।
यस्तै अद्भुत प्रतिभाको मालिक थियो- मरुको जीरामरीच साहू भोलामान ।
“तपाईंले कसरी यस्तो गर्नुभो, भोलामान ?”
“यो सब हातको सफाइ हो, तर अरुलाई भन्नु हुँदैन ।”
यस्तो कुरा पनि हातको सफाइ हुन्छ र ? म बुझ्दिनथेँ । आजसम्म बुझेको छ्रैन पनि । यस्तो अद्भुत जादुलाई बुझ्ने कुरो पनि भएन ।
संयोग मात्र पो हो कि भनुँ भने पनि यस्ता अनेकौं जादुहरू भोलामानबाट प्रत्यक्ष देखिइसकेको हुँदा यसलाई संयोग मान्न पनि सकिँदैन । आजसम्म पनि मलाई के लाग्छ भने भोलामान यस युगको एउटा महान् जादुगर हो ।
यहाँ मैले भोलामानलाई माथि उठाउने बढाई चढाई गरिरहेको छैन । कसैले माथि उठाएर कोही उठ्ने पनि होइन । जो पनि माथि उठ्छ आफ्नै कामले, तल खस्छ आफ्नै कामले ।
भोलामानबाट त्यो झ्यालको जादु देखे कै दिन मैले भने, “भोलामान ! मेरो मनमा एउटा ठूलो लालसा छ, त्यो पुरा गरिदिनोस् ।”
“कस्तो लालसा ?”
“म केटीहरूको नाङ्गो रुप हेर्न चाहन्छु । देखाउन सक्नुहुन्छ ?”
“कुन केटी ? त्यही झ्यालवाला ?”
“होइन, सबै केटी ।”
सुनेर भोलामान धक फुकाएर हाँस्यो र भन्यो, “भन्न पनि कसरी सकेको ? के हेर्न मन लागेको ? त्यही मासुको डल्लो त हो नि Û”
मेरो विकृत मन किन मान्थ्यो ! गिल्ला गरेझैँ भनेँ, “सक्नुहुन्न त तपाइँं ?”
भोलामानको हाँसो टक्क रोकियो । गम्भीर भयो । केहीबेर सोचेपछि भन्यो, “भोली आउनु, म विचार गरुँला ।”
यो धेरै वर्ष अगाडिको हो मभित्र भएको लालसाको यो कुरा ।
मानिसको जिन्दगीमा कति लालसा ? कसैलाई पैसा कमाउने लालसा, कसैलाई विदेश घुम्ने, कसैलाई नोकरी पाउने, कसैलाई ठूलो पदमा पुग्ने लालसा । कसैलाई स्वास्नी खुसी पार्ने लालसा, कसैलाई आमाबाबु पाल्ने लालसा, कसैलाई साइकल चढ्ने लालसा, कसैलाई हेलिकप्टर किन्ने लालसा… लालसै लालसाको महासागरमा
केटीहरू नाङ्गो हेर्ने मेरो त्यो कस्तो लालसा ?
भोलामानले अर्को दिन मेरो त्यो लालसा पनि पूरा गरिदियो ।
भोलामानको पसलमा अरु दिनभन्दा ग्राहकको बढ्ता भीड थियो । त्यसैले पसल बाहिर कुर्नुपर्यो । भीड हटेपछि पसलभित्र गएँ । मुसुक्क मुस्काउँदै भोलमानले भन्यो, “आज माघेसङ्क्रान्ति हुनाले यस्तो व्यापार भएको ।”
जवाफमा म मुस्काएँ मात्र । कुरो उसैले झिकोस् भनेर म उत्सुकतावश प्रतीक्षा गरिरहेँ, तर ऊ ग्राहकसँगको अलमलमै मस्त हुन थाल्यो ।
मलाई मुख फोर्न कर लाग्यो, “भोलामान ! यस पटक तपाईं हार्नुभएको जस्तो छ ।”
“किन हार्ने ? जबसम्म जादुकला बाँकी रहन्छ, भोलामान हार मान्दैन ।”
भोलामानले हावामा हात नचायो र मैले हेर्दाहेर्दै उसको खाली हातमा एउटा चस्मा आयो । यस्तो चमत्कार मैले धेरैपल्ट देखिसकेको हुँदा साधारण नै लाग्यो ।
भोलामानको चस्मा निकाल्ने तरिका चमत्कारपूर्ण थियो । तर चस्मा यसो हेर्दा कत्ति पनि चमत्कारपूर्ण थिएन । बाटोमा कसैले पुरानो भएर मिल्काएको चस्माजस्तो थियो । बजारमा दस-बीस रुपैयाँमा पाइने त्यो हरियोहरियो रङको चस्मा हुन्छ नि, हो … त्यस्तै चस्मा । त्यस्तो चस्मा मलाई दिँदै भोलामानले भन्यो, “तपाईंले यो लगाएर जसलाई हेर्नुहुन्छ, उसको लुगाभित्रको रुप देख्नुहुन्छ ।”
म दङ खाएँ । त्यस्तो गाइजात्रे चस्मा लगाउँदा मेरो इच्छा पुर्ण हुने ?
भोलामानको हातबाट चस्मा लिएर लगाउदै उहितिर हेरेँ । गजब भयो, मैले एक पत्र लुगाभित्रको भोलामानलाई देखेँ । गन्जी र कट्टु लगाइरहेको भोलामान । मलाई हाँस उठ्यो, मज्जासित हाँसँे र चस्मालाई खल्तीभित्र राखेँ ।
भोलामानको जादुकलाको यो नमुनाले मलाई एकदमै मजाको संसारमा डुलाइदियो । त्यस दिनपछि मेरो दैनिकी त्यही चस्मा लगाएर बजार डुल्ने हुन थाल्यो । काम यत्ति रोचक थियो कि मैले भोलामानको पसल जान र त्यो पसलबाट देखिने झ्यालकी सुन्दरी हेर्न पनि बिर्सेँ ।
बाटोभरि चस्मा लगाएर रोमाञ्चको खुड्किलो चढ्दै गइरहेको थिएँ म दिनप्रतिदिन ।
कति स्वास्नीमान्छेलाई हेर्दा त हाँस उठ्थ्यो । बाहिर सोह्रश्रृङ्गार गरेकी, चस्मा लगाएर हेर्दा त मैला न मैला भित्री लुगाहरू । छ्या ! एक दिन आफ्नै घरबेटी महिलाहरूलाई हेर्दा यस्तै परेको थियो । एक जना त भित्री लुगा नै नलगाउँदी रहिनछन् । अर्की, छोरीचाहिँ भन्नुपर्यो, बाहिर सफा लुगा लगाएकी, भित्र मैला न मैला लगाइराखेकी ।
त्यसरी हेर्दै जाँदा कसैको छालामा विभिन्न किसिमका दागहरू देखिन्थे, घिन लाग्थ्यो । कसैको सुकुमार, रौविहिन चिल्लो छाला देखिन्थ्यो- लोभ लाग्थ्यो ।
यस्तो रोमाञ्चपूर्ण जिन्दगी विताइरहेको थिएँ म । न खानको ठेगान, न पढ्नको । न त जागिरको चिन्ता । कहाँ के भइरहेको छ- केही पत्तो छैन । राष्ट्रिय-अन्तर्राष्ट्रिय गतिविधि के छ, केही वास्ता छैन । कुन देशमा कहाँकहाँ दुर्घटनाहरू भए, कहाँ अनिकाल भयो, कहाँको सत्ता पल्ट्यो, कहाँ बमबारी भयो- केही पनि वास्ता गरिएन । अथवा भनुँ न- वाग्मतीमा कति बाढी आएको छ, टुँडिखेलमा साँढे जुधेका छन् कि, केहि वास्ता गरिएन ।
त्यहीबीचमा गाउँबाट एउटा चिठी आयो- ‘जेजस्तो काम भए पनि छोडेर घर आउनू ।’
जेजस्तो काम … ? चस्मा लगाएर ठिटी हेर्नेबाहेक अरु केही काम छँदै थिएन । त्यस्तो आवश्यक काम के पर्यो घरमा, त्यो पनि थाह भएन । भोलिपल्टै गाउँतिर लागेँ । मेरो गाउँ जान सजिलो छैन । दुई घण्टा बस चढेपछि ओर्लिएर चार घण्टा हिँड्नुपर्छ ।
चस्मा खल्तीमै थियो, तर बसमा चुप लागेर बसेँ । जब चार घण्टाको बाटो आयो, चस्मा लगाएँ । पहाडी बालाहरूलाई हेर्न निकै मजा भयो । दुई चार पाइला हिँड्यो कि ग्रामीण युवतीहरू भेट भइहाल्ने । अरु भए त तिनीहरूसँग जिस्कन्थे पनि होलान् तर म चस्माले हेर्नमै मस्त भएँ । उनीहरू त भित्री लुगाहरू केही नलगाउने, जीउ पनि चट्ट मिलेको… ।
त्यो रोमाञ्चक पहाड चढाइमा कतिखेर चार घण्टा बित्यो र म घर पुगेँ भन्ने थाहै भएन । पुगिसकेछु त म घर । पछिल्तिर फर्केर छिमेकी गोरे बाकी छोरीलाई नियाल्दै रहेछु, नजिकैबाट आवाज आयो- “ए ! बाबु, आइस् ?”
झट्ट फर्केर हेरेँ, मेरी साठीकी आमा ममताले गद्गद भइराख्नुभएको रहेछ । तर हरे ! मेरो आँखामा भने भोलामानले दिएको त्यही चस्मा थियो ।