Comments Add Comment

ललितपुरको कार्पेट गोदाममा लागेको आगो नियन्त्रणमा

२८ माघ, काठमाडौं । ललितपुरको भैंसेपाटी-२५ मा रहेको बीएनआरओ ट्रेडर्सको गोदाममा भएको आगलागी नियन्त्रणमा आएको छ ।

घटनास्थलमा खटिएका ललितपुर प्रहरी परिसरका डीएसपी अपिलराज बोहराले आगो नियन्त्रणमा आएको पुष्टि गरे । उनले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘केहीवेर अघि आगो नियन्त्रणमा आएको छ । थप अनुसन्धान भइरहेको छ ।’

उनका अनुसार गोदाममा कार्पेट राखिएको थियो । दिउँसो करिब १ बजेबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ । आगलागी भएको खबर आएलगत्तै काठमाडौं र ललितपुर महानगरपालिकासहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल त्यहाँ पुगेका थिए ।

ट्रेडर्सका सञ्चालकले करिब ४ करोड रुपैयाँ क्षति भएको दाबी गरेका छन् ।

तस्वीरहरुः चन्द्र आले/अनलाइनखबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment