Comments Add Comment

पर्साको जिराभवानी पूर्ण खोपयुक्त घोषणा

२८ माघ, वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको छ ।

‘पूर्ण खोप सुनिश्चितता जिराभवानीको शान, खोपयुक्त नमुना गाउँ बनाउने अबको हाम्रो अभियान’ भन्ने नाराका साथ पूर्णखोपयुक्त गाउँपालिका घोषणा गरिएको हो ।

एक समारोहका बीच नेकपाका नेता एवं पूर्वसांसद जयप्रकाश थारुले गाउँपालिका पूर्णखोपयुक्त भएको घोषणा गरे ।

गाउँपालिकाका एक वर्ष मुनिका ४१२ जना बालबालिका खोपको निरन्तर प्रक्रियामा छन भने दुई वर्ष मुनिका तीन सय सात जना बालबालिकालाई खोप लगाइसकिएको छ ।

पूर्णखोपका लागि आवश्यक मापदण्ड पूरा भएकोले पूर्णखोपयुक्त गाउँपालिका घोषणा गरिएको जिराभवानी गाउँपालिकाका स्वास्थ्य संयोजक कपिलदेव गौरोले जानकारी दिए ।

गाउँपालिकालाई नमूना बनाउने अभियान अन्र्तगत पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको जिराभवानी गाउँपालिकाका अध्यक्ष रामपृत महतोले बताए ।

घोषणा सभामा गाउँपालिकालाई पूर्ण खोपयुक्त बनाउन सहयोग गर्ने पाँचवटै वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानसमेत गरिएको थियो ।

१५ महिनादेखि २३ महिना उमेर समूहका सम्पूर्ण बालबालिकाले एउटा पनि खोप नछुटाइ लगाएको अवस्थामा गाउँपालिका वा जिल्लालाई पूर्णखोप घोषणा गरिन्छ ।

पर्सा जिल्लामा २०७३ वैशाखबाट अभियान थालिएको हो । सन् २०१७ सम्म जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गर्ने लक्ष्य राखिएको भएपनि अहिलेसम्म हुन सकेको छैन ।

जिल्लामा रहेका १४ स्थानीय तहमध्ये जिराभावानी सहित ४ वटा स्थानीय तह मात्रै पूर्ण खोपयुक्त घोषणा हुन सकेका छन् ।

यसअघि सखुवाप्रसौनी, ठोरी गाउँपालिका र पर्सागढी नगरपालिका पूर्ण खोपयुक्त गाउँपालिका घोषणा भइसकेका छन् ।

विन्दवासिनी घोषणाको अन्तिम चरणमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत अनिल सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment