Comments Add Comment

यात्राको ‘पन्च पन्छी’ गीत रिलिज, सलिनसँगै ५ साथीको मस्ती

चलचित्र ‘यात्रा’को निर्माणपक्षले यसमा समावेश पहिलो गीत ‘पन्च पन्छी’ सार्वजनिक भएको छ । यो गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत, मेलिना राई, धर्मेन्द्र सेवान, प्रेक्षा बज्राचार्य र उपकार पौडेलको स्वर छ । सार्वजनिक गीतको भिडियोमा नायक सलिनमान बनियाँ, जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल कटुवाल लगायतका कलाकारलाई देख्न सकिन्छ । गीतमा मुख्य नायिका मल्लिका महत्तलाई भने लुकाइएको छ ।

प्रविण सिंहको करिओग्राफी रहेको यो भिडियोलाई काठमाण्डौदेखि सोलुसम्मका लोकेशनमा खिचिएको छ । यो चलचित्र चैत्रको २९ गतेबाट रिलिज हुँदैछ । चलचित्रको यो गीतको बिषयमा निर्देशक सम्राट शाक्यले भने–‘यसले काठमाण्डौबाट केही उद्देश्य बोकेर निस्किएका ५ साथीको कथालाई भन्न खोजेको छ ।’ चलचित्रका प्रस्तुतकर्ता केशव भट्टराइले चलचित्रले पाँच साथीको कथाको साथै यूवाहरुले कसरी समाज र कसैको जीवनलाई नै परिवर्तन गरिदिन सक्छन् भन्ने देखाउन खोजेको बताए ।

निर्देशक शाक्यकै कथा रहेको चलचित्रमा हिमाल केसीको एक्सन, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी, संजय लामाको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment