+
+

युनिभर्सलको आईपीओमा तेस्रो दिनसम्म ५७ करोडको आवेदन

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २८ गते १७:४६

२८ माघ, काठमाडौं । युनिभर्सल पावर कम्पनीको साधारण सेयर (आइपीओ)मा सोमबारसम्म ५७ करोड रुपैयाँ बराबरको आवेदन परेको छ ।

५७ करोडको आवेदन परे पनि केही आवेदनहरु रीतपूर्वक नभएका कारण रद्द गरिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमल्सिनाले जानकारी दिए ।

‘करिब ५७ करोड रुपैयाँ बराबरको आवेदन परेको छ, त्यसमा रीतपूर्वक नभएका आवेदनहरु पनि छन्’ सीईओ तिमल्सिनाले भने, ‘सोमबारसम्मको रितपूर्वक आवेदनमात्रै ५५ करोड रुपैयाँको परेको छ ।’

जम्मा ५९ हजार ४ सय १२ जनाले आवेदन दिएको समेत उनले जानकारी दिए । कम्पनीले गत शुक्रबारदेखि सर्वसाधारणका लागि ८६ लाख ७४ हजार ४९२ कित्ता आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओका लागि आज र भोलि मंगलबारसम्म आवेदन दिन सकिने छ ।

अहिलेको आवेदन दिएको अवस्था हेर्दा न्यूनतम १ सय कित्तासम्म लगानीकर्ताले सेयर पाउने देखिएको छ । ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि आईपीओ जारी गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?