Comments Add Comment

लोकतन्त्र भनेको जिन्दावाद, मुर्दावाद मात्रै होइन : डा. बाबुराम भट्टराई

२८ माघ, धादिङ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले लोकतन्त्र भनेको  पाँच वर्षमा एकपटक भोट हाल्नु मात्रै नभएको बताएका छन् ।

जनसंवाद यात्रा अन्तर्गत सोमबार धादिङको सल्यानटारमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै संयोजक भट्टराईले भने,  ‘लोकतन्त्र भनेको जिन्दावाद, मुर्दावाद भन्ने वा पाँच वर्षमा भोट हाल्ने मात्रै होइन । लोकतन्त्र भनेको सबै जनतालाई अधिकार सम्पन्न बनाउने, रोजगारी दिने, समृद्धि ल्याउने र समृद्धिलाई समान ढंगले वितरण गर्ने हो प्रणाली हो ।’

पूर्वप्रधानमन्त्री समेत रहेका संयोजक भट्टराईले हालको राजनीतिक परिवर्तनलाई संस्थागत गरेर तलसम्म पुर्‍याउनुका साथै राजनीतिक परिवर्तनलाई आर्थिक परिवर्तनले साथ दिनुपर्ने बताए । यसो नभए लोकतन्त्र दिगो नहुँने उनकत्त कथन छ ।

राजनीतिक परिवर्तनको जगमा टेकेर आर्थिक सामाजिक परिवर्तनलाई अघि बढाउनु पर्ने उनले बताए । ‘लोकतन्त्र र राजनीतिक परिवर्तनको जगमा टेकेर आर्थिक सामाजिक परिवर्तनको चक्रलाई हामीले फेरि अघि बढाउनुपर्छ र हाम्रै जीवनकालमा देशलाई समृद्ध बनाउनुपर्छु,’ उनले भने ।

देशमा आर्थिक परिवर्तन ल्याउन नयाँ खालको क्रान्ति आवश्यक रहेको  उनको भनाइ छ । ‘अब हामीलाई चाहिएको हतियारको क्रान्ति वा हिंसाको क्रान्ति होइनु,’ उनले भने, ‘ विचारको क्रान्ति, व्यवस्थाको क्रान्ति, प्रविधिको क्रान्ति हो ।’

संयोजक भट्टराईले असल र इमान्दार मान्छे मिलेर फेरि एउटा अभियान सुरु गर्न नयाँ शक्तिले जनसंवाद थालनी गरेको प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment