Comments Add Comment

व्यक्तिले प्रयोग गरिरहेको भवनमा वडा कार्यालय स्थानान्तरण

२८ माघ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ४ कार्यालय स्थानान्तरण गरिएको छ । बालुवाटारमा रहेको ४ नम्बर वडाको वडा कार्यालय चण्डोल ढुङ्गेधारा मानश्री (बिष्णु) मार्गमा स्थानान्तरण गरिएको हो ।

सोमबार आयोजिक एक कार्यक्रमका बीच उपप्रधानमन्त्री तथा रक्षमन्त्री इश्वर पोखरेलले स्थानान्तरण गरिएको वडा कार्यालयको उद्घाटन गरे । वडा कार्यालय स्थानान्तरण गरिएको चण्डोलको भवन व्यक्तिगत रुपमा प्रयोग हुँदै आएको महानगरले जनाएको छ ।

आफ्नो स्वामित्वको जग्गा भन्ने जानकारी पाए पछि प्रमाण जुटाएर स्थानीयको सहयोगमा भवन खाली गराएर कार्यालय स्थानान्तरण गरिएको महानगरले जनाएको छ ।

साबिक कार्यालय भएको बालुवाटारमा नयाँ वडा भवन निर्माण हुने भएकोले वडा कार्यालय चण्डोल स्थानान्तरण गरिएको हो । कार्यालयको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले सार्वजनिक सम्पत्ति सबैले रक्षा गर्नुपर्ने बताए । सार्वजनिक सम्पत्ति कुनै व्यक्तिको नभई सबैको साझा भएकाले यसको संरक्षण सबैले गर्नुपर्ने बताए ।

आफूले निर्वाचनका समयमा सार्वजनिक जग्गा संरक्षण गर्ने कुरालाई प्राथमिकताका साथ उठाएको भन्दै उनले सार्वजनिक हितका लागि सरकार सधै लागि पर्ने बताए । कार्यक्रममा प्रदेशसभा सदस्य नारायण सिलवाल, सीता अधिकारी, महानगरका प्रमुख बिद्यासुन्दर शाक्य लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment